निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचन तालिका सार्वजनिक: पुस २० गते मनोनयन, माघ १२ मा मतदान

काठमाडौँ, २१ मङ्सिर। निर्वाचन आयोगले आगामी माघ १२ गते गर्ने राष्ट्रियसभा निर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ । आयोगले आज (मंगलबार) निर्वाचन कार्यतालिका स्वीकृत गर्दै तालिका सार्वजनिक गरेको हो । आयोगका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ देखि १० गतेसम्म दर्ता समय तोकिएको छ। यस्तो छ निर्वाचन कार्यतालिका : […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : विवेकशील साझा र राप्रपा सहभागी नहुने

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्य समूह र महिला समूहमा गरेर दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहलमा मतदान हुँदैछ । मङ्गलबार निर्वाचन आयोग बागमती प्रदेश कार्यालय, हेटौँडामा बसेको सर्वपक्षीय बैठकमा निर्वाचनलाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउने बारेमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र एक घण्टापछि मतगणना सुरु हुनेछ ।

कोरोनाका कारण राष्ट्रियसभा निर्वाचन प्रभावित हुँदैन: निर्वाचन आयोग

काठमाडौँ, २९ पुस: कोरोना भाइरसका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रभावित नहुने निर्वाचन आयोगले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने आयोगले जानकारी दिएको हो । राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा […]