युरोपेली सङ्घ (ईयू) ले सन् २०३५ देखि डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । ईयूले जलवायु परिवर्तनको अवस्थालाई कम गर्नका लागि भन्दै डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको रोयटर्सले जनाएको छ ।अहिलेदेखि नै विद्युतीय कारको प्रयोग बढाउँदै सन् २०३५ देखि पेट्रोलियम कारलाई प्रभावकारीरूपमा प्रतिबन्ध लगाउने कुरामा युरोपेली देश एकमत भएका रोयटर्सको खबरमा उल्लेख छ । नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद् र ...