प्रभावकारी रूपमा बन्दुकको आयात र बिक्रीमा नियन्त्रण गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार क्यानडामा ह्यान्डगन स्वामित्वमा प्रतिबन्ध लगाउने प्रस्ताव पेस गरेका छन् । मिडियासँग कुरा गर्दै ट्रुडोले भने, ‘हामी ह्यान्डगन (साना हतियार) स्वामित्वमा प्रतिबन्ध लागू गर्न कानुन ल्याइरहेका छौँ। क्यानाडामा कहीँ पनि ह्यान्डगनको खरिद र बिक्रीमा प्रतिबन्ध लगाइनेछ।’अमेरिकामा भर्खरै विद्यालयमा भएको गोलीकाण्डपछि यस्तो निर्णय गरिएको हो । विधेयक संसदबाट पारित हुन बाँकी छ भने सत्तारुढ दल