युक्रेनले नियन्त्रणमा लिएको खेरसन सहरका वासिन्दाहरुले रुसी सेनाविरुद्ध प्रदर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणको विरुद्धमा युक्रेनीहरुले प्रदर्शन गरेका हुन् । खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो । रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरुले देशभक्तिपूर्ण नारा लगाएका थिए । युक्रेनी झन्डा बोकेका उनीहरुले रुसी सेनालाई देश छोड्न माग गरेका थिए । ‘यो सयौंको होइन्, हजारौंको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जन