नेपाली भूभाग डुब्ने गरी भारतले सुस्तामा बनाउँदैछ सडक

१४ माघ, बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतले फेरि नेपाली भूभाग डुबानमा पर्ने गरी सडक निर्माण थालेको छ । सुस्ता क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गरी चारवटा गाउँपालिकाको दक्षिणी भूभाग डुबान हुने गरी भारतले करिब २७ किलोमिटर लामो सडक बनाउन थालेको हो । भारतले दशगजादेखि २५ मिटरको दूरीभित्रै आफ्नै भूमिमा सडक बनाउन थालेको […]

सम्बन्धित सामग्री

लाज लाग्ने हदसम्मको निरीहता

छिमेकी देश भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरी निर्माण गरेको पक्की संरचनाले नेपाली भूभाग कटान गरेर हरक्षण नेपालीलाई दुःख दिने काम थाल्दा पनि नेपाल सरकारले त्यसको सशक्त प्रतिरोध गर्नुको साटो निरीहता देखाएको छ जुन सारा नेपालीका लागि लज्जाको विषय हो । महाकाली नदी आफंैमा नेपाल भारतको सीमा भएकाले यो नदीको ओल्लो र पल्लो किनार […] The post लाज लाग्ने हदसम्मको निरीहता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालापानी क्षेत्रका नेपाली गाउँमा उत्तराखण्डका गभर्नरको भ्रमण

उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए ।बोडर रोड्स अर्गनाइजेसन (बीआओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकनका क्रममा सिंह अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार सो क्षेत्रको भ्रमण गरेका हुन् । सो क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । सो अवसरमा टाढाको गाउँमा र बीआरओ पोस्टमा पहिलो पटक पुग्दा आफूलाई खुसी लागेको उनले

नेपाली भूभाग समेटेर भारतले फेरि जारी गर्‍यो नक्सा, एमाले भन्छ- सरकार छिटो बोलोस्

'यो वा त्यो नाम परिवर्तन गरेर नेपाली भूभाग ओगेट्न पाइँदैन,’ भट्टराईले भने, ‘सरकारले पनि यस विषयमा छिट्टै स्पष्ट धारणा राख्नु पर्छ ।’

‘लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन कूटनीतिक पहल गर’

६ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले मिचेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र फिर्ताका लागि औपचारिक पहल गर्न सरकारलाई सुझाव दिएको छ । समितिले आफ्नो बार्षिक प्रतिवेदन २०७८ मार्फत नेपालले नक्सामा अध्यावधिक गरिसकेको भूभाग व्यवहारिक रुपमा फिर्ता हुन नसकेको उल्लेख गर्दै त्यसका लागि असल कूटनीतिक पहल गर्न भनेको हो […]

लिम्पियाधुरासहितको भूभाग अब कानुनी रुपमै नेपालको नक्सामा

काठमाडौँः भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूमि कायम भएको छ। संघीय संसद्को दुबै सदनबाट पारित विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ।  संविधान संशोधन विधेयक प्रमाणीकरण भएसँगै नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूभाग कायम भएको हो।  संशोधन अनुसार नेपालको नक्सासहितको निशान छाप

नेपाली भूभाग भारतले नक्सामा समेटेपछि अनेरास्ववियुले भन्यो- ब्याक अफ् इण्डिया

काठमाण्डौ – गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलाेमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जन...

भारतद्वारा ६०० वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग अतिक्रमण

काठमाडौं : भारतले ६०० वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भू–भाग कब्जा गरेको हो। नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा प्रकाशित समाचारअनुसार नापी विभागका पूर्वमहानिर्दे...