कब्जा गरेका युक्रेनी भूभाग पुगेर पुटिनले के सन्देश दिन खोज्दैछन् ? (भिडिओ)

पुटिनले बारम्बार युक्रेनी भूभाग पुगेर आफूले युद्ध जितेको संकेत दिन खोजेको विश्लेषकहरू बताउँछन् ।

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन अतिक्रमित युक्रेनी भूभाग मारियुपोल भ्रमणमा

रुसका राष्ट्रपति भ्लादमिर पुटिन आफ्ना सेनाले कब्जा गरेको युक्रेनी शहर मारियुपोल भ्रमणका लागि निस्किएका छन् ।

रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये लिमान रूसी सेनाबाट मुक्त

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट ‘खाली’ गरिएको बताउनुभएको छ । मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौंलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका बावजुद रूसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो । […]

रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँमा युक्रेनी राष्ट्रपतिको भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गर्नुभएको छ । पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ । जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको बीबीसीले जनाएको छ । उहाँले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताउनुभएको छ । युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फ...

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् । “पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले […]

रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए

युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबीअनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् । कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो । युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् । बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम...

रुसले कब्जा गरेका दर्जनौँ गाउँ फिर्ता लिएको युक्रेनको दाबी

रुसले कब्जा गरेकाे खार्किभ क्षेत्रभित्रका ३० वटा ठाउँका दर्जनाैँ गाउँ फिर्ता ल्याएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले खार्किभको एक हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता गरेको र ५० किलोमिटर अघि बढेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनले अब रुसलाई अन्य क्षेत्र कब्जा गर्न नदिने र उसले कब्जा गरेको भूमि फिर्ता गर्ने अभियान चलाएको घोषणा गरेको छ । खार्किभमा अपेक्षा गरेभन्दा छिटो सफलता मिलेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । समाचारको पुष्टि गर्न युक्रेनले पत्रकारलाई प्रव...

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको: जेलेन्स्की

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनी राष्ट्रपति भोलोलिदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।लक्जम्बर्गको संसद्‍मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए ।

पूर्वका दुई शहर कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी दाबी

काठमाडौं– पूर्वी युक्रेनका पोपास्ना र रुबिज्ने शहरलाई कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी सेनाले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै पूर्वी युक्रेनको डोनेत्स्क र टाभ्रिया क्षेत्रमा रहेका ती शहरलाई कब्जा गर्ने रुसी प्रयासलाई असफल पारेको जनाएको हो । बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा रुसी फौजका आठ आक्रमण असफल पारिएको युक्रेनी […]

रूसी सेनाविरुद्ध लड्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा रुसीद्वारा कब्जा गरिएका क्षेत्रका नागरिकलाई रुसी सेनाविरुद्ध लड्न आग्रह गरेका छन्। शनिवार राति युक्रेनी जनतालाई सम्बोधन गर्दै कब्जा गरिएका क्षेत्रहरुमा भ्लादिमिर पुटिनको सेनाविरुद्ध लड्न युक्रेनी नागरिकलाई आग्रह गरेका हुन्।‘युक्रेनीहरू‚ हाम्रा सबै सहरहरूमा, जहाँ शत्रुले आक्रमण गरे, आक्रमणमा जानुहोस्‚’ उनले भने‚ ‘सडकमा निस्किएर हामीले अवसर पाएको समयमा लड्नु पर्छ।’यसैबीच, जेलेन्स्कीले युक्रेनमा आगामी सा