काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन्।अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रष्ट पारेका हुन्।मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौँमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै उनले छिमेकसँगको सम्बन्ध सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भ