न्यादीखोलाको ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

लमजुङ । न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न भएको करीब २ महीना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन । मस्र्याङ्दी गाउँपालिका–६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो । उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गत खुदी सबस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रूपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको हो । प्राधिकरणसँग सहमति भइसकेको अवस्थामा माथिल्लो मस्र्याङ्दी ‘ए’को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अमात्यले बताए । आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाका अनुसार २२० केभीको प्रसारण लाइनमा जोड्न खुदी सबस्टेशनसम्म ६ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । च्याम्पाटाको १३२ केभीसम्म पुर्‍याउन थप तीन किलोमिटर प्रसारण लाइन आयोजना आफैले निर्माण गरेको छ । निर्माणाधीन २२० केभीको प्रसारण लाइनको खुदी सबस्टेशनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । २०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजना ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता थियो । पटक–पटक म्याद थपिएको उक्त आयोजनाको लागत रू. ६ अर्बभन्दा बढी छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले रू. साढे ४ अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी छ । रासस

सम्बन्धित सामग्री

लालुगाउँमा जोडियो बिजुली

मान्म (कालीकोट), ३ फागुन । कालीकोट नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ । गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो । पहिलोपटक गाउँमा विद्युत्को ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । “विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा […]

चीनबाट बिजुली ल्याएर सीमावर्ती नेपाली गाउँमा बाल्ने योजना

१८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिमाली क्षेत्रका कतिपय गाउँमा चीनबाट बिजुली ल्याएर वितरण गर्न छलफल अघि बढाएको छ । चीनका अधिकारीहरुसँगको छलफलमा प्राधिकरणले नेपालको राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न कठिन मानिएका चीनका सीमावर्ती गाउँ तथा साना बजारहरुमा चीनबाटै बिजुली ल्याउने प्रस्ताव गरेको हो । चिनियाँ दूतावासको इकोनोमिक काउन्सिलरसँगको अनौपचारिक छलफलमा सीमावर्ती क्षेत्रका गाउँहरूमा […]

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ।पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ। नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा राष्ट्रिय प्रसारण लाइन पुगेको जानकारी दिए।लामो समयदेखि अन्धकारमा रहेको भेरीखोला बस्ती राष्ट्रिय विद्युत् […]

१ वर्षमा ९ सय मेगावाट बिजुली उत्पादन गरिने

काठमाण्डाै – सरकारले आउँदाे दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा बिजुलीकाे पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै एक वर्षभित्र नौ सय मेघावाट बिजुली राष्ट्रिय प्रसारणमा थप गरिने बताउनुभयो । बजेटमा आयातित इन्धनको परिमाणलाई उल्लेख्यरूपमा घटाउने गरी प्रतिव्यक्ति बिजुली खपत वृद्धि गरी चार सय ५० किलोवाट घण्...

दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थपियो

लमजुङको दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थपिएको छ । यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन् । दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत उत्पादन थालेका हुन् ।दोर्दीखोलामा निर्मित ३ आयोजना, शाखा नदीबाट २ र छिमेकी नदीबाट एउटा जलविद्युत आयोजना निर्माण भएर दोर्दी करिडोरमा बिजुली जोडिएको दोर्दी करिडोर राष्ट्रिय प्रसारण लाइन आयोजनाले जनाएको छ ।यी ६ आयोजनाबाट ७८ दशमलव ८३ मेगावाट बिजुली राष्

दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपियो

लमजुङ – लमजुङको दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएको छ। यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन्। दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत् उत्पादन थालेका हुन्। दोर्दीखोलामा निर्मित ३ आयोजना, शाखा नदीबाट २ र छिमेकी नदीबाट एउटा जलविद्युत् आयोजना निर्माण भएर […]

सब स्टेसन बनेको ६ वर्ष पुग्यो, जोडिएन राष्ट्रिय प्रसारण लाइनको बिजुली

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरबाहेकका स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन।जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भाग राष्ट्रिय प्रसारण लाइन नपुगेको हो। यहाँका स्थानीयवासी खमारीखोला लघु जलविद्युत् आयोजना, बाबियाचौर लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली उपभोग गरिरहेका छन्।पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण  विद्युतको लाइन लिने उद्देश्यका साथ २०७३ सालमा पञ्चपुरी नगरपालिका–६ मा विद्युत

मार्तडीमा राष्ट्रिय प्रसारणको बिजुली

नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडी लगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।...

निरन्तर पानी परिरहँदा ताप्लेजुङ अन्धकार

ताप्लेजुङ – निरन्तर पानी परिरहँदा तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो । गएकाे आइतवारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमवारदेखि मोबाइल सेवासमेत बन्द भएको छ । ल्यान्ड लाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवराेध भएको छ । साथै बिजुली नहुँदा स्थानीय सञ्चार माध्यमसम...

डाँडापारि पुग्यो राष्ट्रिय प्रसारण लाइन

काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल तथा आसपासका सहरी क्षेत्रमा बिजुली बलेको छ दशक पुग्न लाग्दा नजिकैको महाभारत गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन भने भर्खर मात्रै पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार महाभारत गाउँपालिकामा ग्रामीण विद्युतीकरण उद्घाटन गर्नुभएको थियो ।