नायब सुब्बाको सरुवा माघ १५ गते सम्मका लागि स्थगित

काठमाडौं । सरकारले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बा वा सोसरहका कर्मचारीको सरुवा माघ १५ गते सम्मका लागि स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै निकायलाई परिपत्र गर्दै आगामी माघ १५ गते सम्मको लागि नायब सुब्बाको सरुवा स्थगित गरिएको जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन […]

सम्बन्धित सामग्री

संसद बैठक साउन २२ गते सम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको म‌ंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ।दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेको अडानका कारण  सूचना टाँसेर साउन २२ गते सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ। मंगलबार पनि एमालेले संसदमा सरकारको कुरा सुन्ने तर उच्चस्तरीय समिति गठन नभए सदन अवरुद्ध पार्ने बताएको थियो।सरकार समिति गठन गर्ने पक्षमा नरहेपछि बैठक सूचना टाँसेर स्थगित गर

एमालेको आग्रहमा संसद बैठक भदौ १३ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक एक साता सम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको आग्रहमा बैठक एक साता स्थगित गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ । आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे । योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ । असार १ गते प्रदेश सभामा पेश भएको आगामी आर्थिक वर्षको बजेट परिष्कृत नगर्दासम्म त्यसमाथि छलफल […]

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले कोरोना संक्रमण दर बढेपछि सबै परीक्षा स्थगित गरेको छ।विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले पूर्वप्रकाशित तालिका अनुसारको माघ मसान्त सम्मका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए। उनका अनुसार वर्ष/सेमेष्टरका सञ्चालन भइरहेका परीक्षा र बाकी परीक्षा स्थगित गरिएको छ। त्रिभुवन विश्वविद्यालयले पनि बिहीबार सबै परीक्षा स्थगित गरेकाे थियाे।(हेर्नुहोस सूचना)

प्रतिनिधिसभाको बैठक माघ १६ गतेका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक कोरोना महामारीको कारण देखाउँदै माघ १६ गते सम्मका लागि स्थगित भएको छ।संसद सचिवालयले आज एक सूचना जारी गरी अर्को बैठक माघ १६ गते बस्ने गरी सारिएको जानकारी दिएकाे छ। यसअघि पुस २८ मा तोकिएको बैठक भोलि सम्मका लागि सारिएको थियो।

स्वास्थ्य सम्वेदनशीलतालाई हेरेर ताप्लेजुङ रन स्थगित

खवासका अनुसार माघ १ गते हुने ५६ औँ हप्ताको दौडलाई अर्काे सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ।...

प्रदेश १ को प्रदेश सभाको बैठक भोलि सम्मका लागि स्थगित

काठमाण्डाै – प्रदेश १ को प्रदेश सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको प्रदेश १ को प्रदेश सभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले जानकारी दिनुभयो । प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची थियो । नेकपा एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत...

प्रदेशसभा कात्तिक १५ गतेसम्मका लागि स्थगित

इटहरी । प्रदेश १ को प्रदेशसभा वैठक कात्तिक १५ गते सम्मका लागि स्थगित भएको छ । आइतबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यक्रम भएपनि कात्तिक १५ गते सम्मका लागि स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा स्थगित गर्नका लागि निवेदन दर्ता गरेसँगै लगत्तै एमालेले पनि वैठक स्थगित गर्न माग गरेको थियो […] The post प्रदेशसभा कात्तिक १५ गतेसम्मका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २० गते सम्मका लागि सेवा स्थगित गरेको छ। स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।

भारत–हङकङ उडान मे ३ सम्म स्थगित

एजेन्सी। हङकङले भारतबाट हुने सबैखाले उडान भोलि मंगलबारदेखि मे ३ सम्मका लागि स्थगित गरेको छ। भारतमा बढ्दो कोरोना सङ्क्रमणका कारण उडान स्थगित गरिएको हो। हङकङले पाकिस्तान र फिलिपिन्सका उडान पनि सोही अवधिसम्मका लागि स्थगित गरेको बताएको छ। यसै महिना भारत–हङकङ उडानका क्रममा भिस्टारा एयरलाइन्सका ५० यात्रुमा कोरोना भाइरस देखिएपछि उडान स्थगित गरिएको हो।