काठमाडौं : प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ।दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेको अडानका कारण सूचना टाँसेर साउन २२ गते सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ। मंगलबार पनि एमालेले संसदमा सरकारको कुरा सुन्ने तर उच्चस्तरीय समिति गठन नभए सदन अवरुद्ध पार्ने बताएको थियो।सरकार समिति गठन गर्ने पक्षमा नरहेपछि बैठक सूचना टाँसेर स्थगित गर