प्रभु इन्स्योरेन्सले यस वर्ष ५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु इन्स्योरेन्सले यस वर्ष ५ प्रतिशत लाभांश दिने निर्णय भएको छ । फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  कम्पनीले यस वर्ष गत वर्षको भन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ६ दशमलव ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

सम्बन्धित सामग्री

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २.८९ प्रतिशत लाभांश दिने

२८ पुस, काठमाडौं हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २.८९ प्रतिशत लाभांश दिने भएको छ । २६ पुस मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल काय चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ […]

प्रभु इन्स्योरेन्सले ७.०५ प्रतिशत लाभांश दिने

२५ पुस, काठमाडौं ।  प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीहरूलाई ७.०५ प्रतिशत लाभांश दिने भएको छ । २४ पुसमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश […]

नेको इन्स्योरेन्सले यस वर्षपनि १५ प्रतिशत बोनस सेयर दिने

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगदसहित १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

सिद्धार्थ इन्स्योरेन्सले साढे ९ प्रतिशत लाभांश दिने

सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९४ औं सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।निर्णयअनुसार चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाखको ९.४७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण हुनेछ । यसको अर्थ कम्पनीले १२ करोड २० लाख २१ हजार रुपैयाँ (कर समेत) वितरण गर्नेछ ।कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ । यस्तै, प्रिमियर इन्स्योरेन्स नेपालसँगको मर्जरपछ

सगरमाथा इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनी सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा समितिले पनि स्वीकृति गरिसकेको छ । अब यो प्रस्ताव २८ वैशाखमा […]

सिद्धार्थ इन्स्योरेन्सले १५.७८ प्रतिशत लाभांश दिने

सिद्धार्थ इन्स्योरेन्स कमपनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर तथा ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को वित्तीय विवरण स्वीकृतिका लागि बिमा समितिमा पेश गर्ने समेत निर्णय गरेको छ । प्रस्तावित लाभांश समितिबाट स्वीकृति भइ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ता सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।  मंगलबार राजधानीमा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।  सिद्धार्थ इन्स्योरेन्सको हाल १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको रहे

प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने

प्रिमियर इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।लाभांश संशोधन गरेर कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बीमा समितिले नगद लाभांशमा कडाइ गरेपछि इन्स्योरेन्सले बोनस सेयर दिने भएको हो ।कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित र बीमा समितिले पास गरेपछि मात्रै वितरण हुने छ

हिमालयन जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश बाँड्ने

हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूलाई ६.६५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७/७८ को मुनाफाबाट लगानीकर्तालाई उक्त बोनस सेयर दिने भएको हो ।यस्तै, ६.६५ प्रतिशत बोनस सेयरको कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश समेत दिने कम्पनीले बताएको छ । इन्स्योरेन्सले बोनस सेयर र नगद लाभांश गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।सञ्चालक समिति बैठकले गरेको लगानीकर्तालाई लाभांश वितरण गर्ने उक्त प्रस्ताव कम्पनीको आगामी सभा र बीमा समितिबाट पारित हुनुपर्ने छ ।

प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत बोनस सेयर बोनस र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको […]