हिमालयन एभरेष्ट इन्स्योरेन्सले २.८९ प्रतिशत लाभांश दिने

२८ पुस, काठमाडौं हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २.८९ प्रतिशत लाभांश दिने भएको छ । २६ पुस मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल काय चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ […]

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनी : कुनले कति दिँदैछन् लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिने भएका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन लागेका हुन्, जसमध्ये नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् ।  कुनले कति दिँदैछन् ? नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसहित), युनाइटेड अजोड इन्स्योरेन्सले १० दशमलव २६१२ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश र एनएलजी इन्स्योरेन्सले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारितका लागि फागुन ३० गते साधारण सभा बोलाएको छ । गत आवको मुनाफाबाट यस कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  निर्जीवन बीमा कम्पनीमध्ये चार ओटाले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा नेको इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्स छन् ।   प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म लाभांश वितरणसम्बन्धी निर्णय गरेका छैनन् ।