विराटनगर : भनिन्छ तनको आकर्षणभन्दा मनको आकर्षणमा प्रेम झाँगिँदै जान्छ। तर विश्वास र भरोसाले तन र मन दुवै प्रेमीलाई सुम्पिएर माया गरेकी एक युवती (नाम नखुलाउने शर्तमा) को जीवनमा भने प्रेमको परिभाषा नै बदलिएको छ।उनी दुई वर्षदेखि भोजपुर हतुवागढीका गोविन्द राईसँग प्रेममा परेकी थिइन्। त्यसो त उनले आफ्नो गोविन्दलाई मन मात्रै दिइनन् भरोसाले तनसमेत सुम्पिदिइन्। त्यही प्रेमिल सम्बन्धबाट गर्भवती बनेकी उनी अहिले न्यायको ढोका ढकढक्याउँदै प्रहरीसमक्ष पुगेकी छिन्।उनी गर्भवती भएपछ