पोखरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको पुरानो गाडीमा सालनाल सहित छाडिएको अवस्थामा नवजात शिशु फेला परेका हुन् । अस्पताल परिसरमा पार्किङ गरेको पुरानो गाडीमा छाडिएको अवस्थामा नवजात शिशु (पुरुष) फेला परेको पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिए ।उनले अस्पताल परिसरमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई उद्धार गरी अस्पतालको एनआइसीयु वार्डमा लगेर उपचार थालिएको बताए । शिशुला