काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमको विश्वकप यात्राको पहिलो अभियान सुरु हुने तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी–२० विश्वकप २०२३ को एसिया छनोट अन्तर्गत समूह ‘बी’ को खेल तालिकाको मिति सार्वजानिक गरेसँगै नेपाली महिला टिमको विश्वकप यात्रा तय हुन लागेको हो।आईसीसीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण एसिया छनोट सेप्टेम्बरबाट सारेर नोभेम्बरका लागि तय गरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ मिति अनुसार छनोट खेल आगामी २२ देखि २८ नोभेम्बरसम्म