पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश गरेको छ।पोखरा रङ्गशालामा शुक्रबार भएको महिला टी-२० क्रिकेटमा पुलिसले तेस्रो खेलमा पनि विजय प्राप्त गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। ११ औँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता समेत रहेको उक्त खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो।टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा आएको लु