काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगविना संसदबाट एमसीसी पास गर्न चुनौती दिनुभएको छ ।आज शुक्रवार काठमाण्डाैमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखीकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगविना एमसीसी संसदबाट पास गर्न चुनौती दिनुभएको हो । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरूले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरे...