पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै २०६% ले बढेको कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपियाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ । कम्पनीले २०१८ मा ३७ करोड रुपियाँ र २०१९ मा ५१ करोड रुपियाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६% ले घटेको थियो । कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने
कोरोना महामारीपछि विराटनगरमा आयोजना गरिएको ‘विराट ट्रेड एक्स्पो’सफल भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा ४० करोड बराबरको कारोबार भएको र २ लाख ५० हजारले अवलोकन गरेको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । चैत १८ देखि २७ गतेसम्म संचालन भएको एक्स्पोको आज समापन गरिएको छ । एक्स्पोमा सबैभन्दा बढी इलोक्टे«निक र अटोमावाइलको सामानहरू बिक्री भएको मेलाका संयोजक विकास बेगवानीले बताए । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल
काठमाडौं । एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नेपाली बक्स अफिसमा १२ करोड ग्रस कमाइ गरेको छ । यो कारोबार कोरोना महामारीयताकै उच्च हो । रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको फिल्मले तीन सातामा यो कीर्तिमानी कमाइ गरेको हो । राजामौली निर्देशित ‘बाहुबली-२’ले नेपालमा २३ करोड ग्रस कमाइ गरेको रेकर्ड छ । कोरोना […]
काठमाण्डाै - आजको 'भ्यालेन्टाइन्स् डे' अर्थात प्रणय दिवसका लागि झण्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात भएको छ ।
प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ । तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ ।
यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको छ...
बुटवल, १९ पुस । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार समापन भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मेला अवधिभर लक्ष्य भन्दा धेरै ८ […]
शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी' सय करोड क्लबमा प्रवेश गरेको छ। रोहित सेट्टी निर्देशित फिल्मले प्रदर्शन भएको चार दिनमै सय करोड माथिको कारोबार गरेको हो। अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको फिल्मले संसारभरीबाट १ सय १६ करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ। यो कोरोना महामारी सुरु भएपछि व्यावसायिक रूपमा कुनै बलिउड फिल्मले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, फिल्मले आफ्नो लगानी भने उठाइसकेको छैन। फिल्मको अनुमानित बजेट १ सय ६५ करोडको हाराहार
काठमाडौं : लामो समयदेखि सुनसान रहेका फिल्म हलमा शुक्रबार 'सूर्यवंशी' प्रदर्शनमा आएसँगै चहलपहल बढ्न थालेको छ।हलमा दर्शकको संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा उच्च हुनुले फिल्म क्षेत्र पहिलेको लयमा फर्किएको संकेत पनि गरेको छ। तिहारको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको 'सूर्यवंशी'ले भारतमा पहिलो ३ दिनमा झण्डै ८० करोड भारतीय रूपैयाँको कारोबार गरेको छ।पहिलो र दोस्रो दिन क्रमशः पौने २४ करोड र सवा २६ करोड भारतीय रूपैयाँको कारोबार गरेको फिल्मले तेस्रो दिन आइतब
कात्तिक २०, काठमाडौं । कोरोना महामारीपछि फूलमालाको कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेको छ ।
महामारीका कारण फूलमालाको अत्यधिक खपत हुने होटेल, रेष्टुरा साथै बिबाह,भोजभतेर, अनुष्ठानलगायतका कार्यक्रमसमेत नराम्ररी प्रभावित हुँदा फूलमालाको वार्षिक कारोबारमा कमि आएको हो ।
नेपाल पुष्प व्यवसायी महासंघका अनुसार कोरोना महामारी अघि आव २०७५/ ७६ मा नेपालमा फूलमालाको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको थियो भने आव २०७७/ ७८ सम्म आइपुग्दा यो कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेर १ अर्ब ६३ करोडमा रुपैयाँमा झरेको छ ।
महासंघका अध्यक्ष मिनबहादुर तामाङले महामारीका समयमा पुष्प व्यवसायसँग सम्बन्धित सम्पुर्ण व्यवसायहरु ठप्प हुँदा ठूलो रकममा कारोबार घटेको बताए ।उनका अनुसार समग्रमा हेर्दा सामान्य अवस्थामा प्रत्येक वर्ष नेपालमा फूलमालाको माग १० देखि १५ प्रतिशत बढीरहेको हुन्थ्यो ।
त्यसैले उत्पादन पनि बढाउँदै लगिएको थियो । यद्यपि पछिल्लो समयमा कोरोना महामारीले गर्दा बजार नराम्ररी प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर वार्षिक कारोबारमा परेको हो ।
अघिल्ला वर्षहरुमा तिहारको समयमा मात्र सयपत्री, मखमली र गोदावरीको करीब २२ लाखभन्दा धेरै माला खपत हुने गरेको भएपनि महामारी पश्चात यो तिहार लक्षित कारोबार पनि घटेको छ । गत वर्ष १३ करोड रुपैयाँ बराबरको १८ लाख माला मात्र खपत भएको थियो । यसवर्षको तिहारमा पनि साढे १८ लाख माला मात्र खपत हुने अनुमान छ ।
खपत हुने कुल साढे १८ लाख मालामध्ये सयपत्री फूलका १३ लाख माला, गोदावरी र मखमली फूलका ३ लाख मालागरी १६ लाख माला नेपाली किसानको आफ्नै उत्पादन हुनेछ भने २ लाख ५० हजार माला बजारमा अपुग देखिएकाले अपुग माला आयात गर्नुपर्ने छ ।
तर अबैधानिक रुपमा भारतबाट आवश्यकताभन्दा बढी माला आयात भइरहेको भन्ने खवर सुन्नमा आएको छ । त्यसैले मूल्यमा तलमाथि भएर नेपाली किसान मर्कामा पर्नसक्ने सम्भावना पनि छ,’ तामाङले भने ।
९१ प्रतिशत माग आन्तरिक उत्पादनले धान्छ
नेपालमा वार्षिक रुपमा खपत हुने फूलमालाको करीब ९१ प्रतिशत बजार माग आन्तिरक उत्पादनले धान्ने गरेको छ भने करीब २४ करोड २० लाख रुपैयाँको फूलमाला हरेकवर्ष अपुग हुने भएकाले उक्त परिमाणमा फूलमाला भारत लगायतका मुलुकबाट आयात गर्ने गरिन्छ । यद्यपि गत वर्ष महामारीका कारण व्यवसायीहरु थप लगानी गर्न डराएपछि उत्पादन घट्न गई आयात केहि बढेको छ ।
नेपालमा फूलमालाको कुल कारोबारको ६० प्रतिशत खपत काठमाडौं उपत्यकामा हुनेगर्दछ भने बाँकी ४० प्रतिशत उपत्यका बाहिर हुने गर्दछ । उपत्यका भित्रका मानिसहरुमा सबै कार्यक्रममा फूलको प्रयोग गर्ने बानिको बिकास भएकाले काठमाडौंमा बढी खपत भएको महासंघले जनाएको छ ।
महासंघको तथ्याङ्क अनुसार देशभरीमा ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको पुष्प व्यवसाय हाल ४४ ओटा जिल्लामा फैलिएको छ । जसबाट ७०० जनाभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमागरि ४३ हजार मान्छेले रोजगारी पाएका भएपनि हाल महामारीका कारण ३ हजार मानिसले रोजगारी गुमाएका छन् ।
गत वर्षको कोरोना महामारीको समयमा सरकारले पुष्प व्यवसायलाई अत्यावश्यक क्षेत्रमा वर्गिकरण नगरेपछि व्यवसायीहरु आफ्नो वासस्थानदेखि नर्सरीसम्म जान नसक्दा अधिकांस बोटविरुवाहरु मरेपछि ठूलो क्षति भएको थियो ।
बिरुवा बचाउन पाएको भए एउटा बिरुवाले ३ देखि ५ वर्षसम्म उत्पादन दिने व्यवसायीहरुको भनाइ छ । पछिल्लो समय होटेल, रेष्टुरा लगायतका व्यवसाय खुलेसँगै खपत बढेको छ तर महामारीको त्रासका कारण व्यवसायीले लगानी नगरेकाले उत्पादन कम हुँदा माग धान्न पनि समस्या भइरहेको छ ।
बजारलाई पुनः पहिलेकै अवस्थामा सुचारु गर्न थप लगानीको आवश्यकता रहेको उनीहरुको भनाइ छ । प्रत्येक वर्ष ६० जनाको हाराहारीमा नयाँ व्यवसायी थपिने क्रम जारी छ । थप लगानी बढाउन सकिएमा आत्मनिर्भर भएर निर्यात पनि गर्न सकिने अवस्था भएकाले नेपालमा फूल व्यवसायको सम्भावना निकै राम्रो रहेको उनीहरुले बताएका छन् ।
धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा सात करोड रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको छ। कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र...
काठमाडौं । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्पmत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो ।
चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्पmत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक औसतमा ९ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कारोबार हुने गर्छ । तर, साउनमा वालेटमार्पmत औसतभन्दा बढी १४ अर्ब ५ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।
वालेटमार्फत गत असारमा रू. १२ अर्ब ७९ करोड र जेठमा रू. ८ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो । पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । गत आवमा भने वालेटमार्फत १ खर्ब १४ अर्ब ४३ करोड रुपैयाँ कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पनि पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको बताए । विशेषगरी यसको सेवासुविधाको दायरा बढ्दै जाँदा प्रयोगकर्तासँगै कारोबार रकम पनि बढ्दै गएको उनको भनाइ छ ।
‘पहिला वालेटमार्फत गरिने कारोबारको दायरा सीमित थियो । तर, धेरै किसिमका भुक्तानी यसैमार्फत नै गर्न सकिन्छ,’ उनले भने, ‘यसरी यसको दायरा बढ्दै गएपछि यसमार्फत हुने कारोबार रकम पनि बढ्दै गएको हो ।’
पछिल्लो समय यसमार्फत गरिने कारोबारको सीमा पनि बढाइएको छ । त्यसकारण पनि यसको सीमा बढ्दै गएको हो । कोरोना महामारीको समयमा विद्युतीय भुक्तानी गर्ने प्रचलनको पनि विकास भएको छ । फलस्वरूप वालेटमार्फत हुने कारोबार बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । वालेट विद्युतीय भुक्तानी तथा कारोबारको साधन हो ।
नेपालमा यो प्रचलनमा आएको केही वर्ष मात्रा भएको छ । प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् ।
हाल नेपालमा २२ ओटा डिजिटल भुक्तानी दिने मोबाइल वालेट कम्पनी छन् । इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेटजस्ता वालेटले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । पहिला त्यस्ता वालेटले दिने सेवासुविधा कम थियो । पहिला सीमित प्रयोजनमा मात्र वालेटको प्रयोग हुन्थ्यो । तर, अहिले बैंक खातामा पैसा जम्मा गर्ने, इन्टरनेट/पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्जलगायत थुप्रै सेवासुविधा यसमा हुन्छन् ।
फलस्वरूप वालेटको व्यावसायिक विकास पनि हुँदै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । साथै, अन्यको तुलनामा यो आर्थिक रूपमा सुरक्षित पनि भएको उनको भनाइ छ । ‘ग्राहकले आफूलाई आवश्यक पर्ने रकम बैंकखाताबाट वालेटमा जम्मा गरेर सोहीअनुसार खर्च गर्न सक्छन् । बैंकको पैसा बैंकमा नै सुरक्षित हुन्छ । बढी खर्च हुने सम्भावना हुँदैन,’ उनले भने, ‘तसर्थ, यो आर्थिक रूपमा सुरक्षित पनि छ ।’