बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्पmत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्पmत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक औसतमा ९ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कारोबार हुने गर्छ । तर, साउनमा वालेटमार्पmत औसतभन्दा बढी १४ अर्ब ५ करोड २० लाख रुपैयाँ कारोबार भएको छ । वालेटमार्फत गत असारमा रू. १२ अर्ब ७९ करोड र जेठमा रू. ८ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो । पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । गत आवमा भने वालेटमार्फत १ खर्ब १४ अर्ब ४३ करोड रुपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पनि पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको बताए । विशेषगरी यसको सेवासुविधाको दायरा बढ्दै जाँदा प्रयोगकर्तासँगै कारोबार रकम पनि बढ्दै गएको उनको भनाइ छ । ‘पहिला वालेटमार्फत गरिने कारोबारको दायरा सीमित थियो । तर, धेरै किसिमका भुक्तानी यसैमार्फत नै गर्न सकिन्छ,’ उनले भने, ‘यसरी यसको दायरा बढ्दै गएपछि यसमार्फत हुने कारोबार रकम पनि बढ्दै गएको हो ।’ पछिल्लो समय यसमार्फत गरिने कारोबारको सीमा पनि बढाइएको छ । त्यसकारण पनि यसको सीमा बढ्दै गएको हो । कोरोना महामारीको समयमा विद्युतीय भुक्तानी गर्ने प्रचलनको पनि विकास भएको छ । फलस्वरूप वालेटमार्फत हुने कारोबार बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । वालेट विद्युतीय भुक्तानी तथा कारोबारको साधन हो । नेपालमा यो प्रचलनमा आएको केही वर्ष मात्रा भएको छ । प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । हाल नेपालमा २२ ओटा डिजिटल भुक्तानी दिने मोबाइल वालेट कम्पनी छन् । इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेटजस्ता वालेटले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । पहिला त्यस्ता वालेटले दिने सेवासुविधा कम थियो । पहिला सीमित प्रयोजनमा मात्र वालेटको प्रयोग हुन्थ्यो । तर, अहिले बैंक खातामा पैसा जम्मा गर्ने, इन्टरनेट/पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्जलगायत थुप्रै सेवासुविधा यसमा हुन्छन् । फलस्वरूप वालेटको व्यावसायिक विकास पनि हुँदै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । साथै, अन्यको तुलनामा यो आर्थिक रूपमा सुरक्षित पनि भएको उनको भनाइ छ । ‘ग्राहकले आफूलाई आवश्यक पर्ने रकम बैंकखाताबाट वालेटमा जम्मा गरेर सोहीअनुसार खर्च गर्न सक्छन् । बैंकको पैसा बैंकमा नै सुरक्षित हुन्छ । बढी खर्च हुने सम्भावना हुँदैन,’ उनले भने, ‘तसर्थ, यो आर्थिक रूपमा सुरक्षित पनि छ ।’

सम्बन्धित सामग्री

उपत्यकामा नक्कली नोटको कारोबार बढ्दै : १६ महिनामा १८ ठाउँबाट नक्कली नोट बरामद

काठमाडौं उपत्यकामा नक्कली नोटको कारोबार बढ्दै गएको छ । पछिल्लो एक वर्षमा नक्कली नोट बरामदका घटना बढेका छन् । शुक्रबार मात्र प्रहरीले ५२ लाख ७५ हजार नक्कली नोटसहित नौजनाको गिरोहलाई पक्राउ गरी...

लागुपदार्थ दुर्व्यसनी बढ्दै, जुम्लामा तीन वर्षमा ५६ जनालाई कारवाही

जुम्लामा पछिल्लो समय लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएको पाइएको छ। आर्थिक वर्ष ०७९/०८० मा मात्र जिल्ला प्रहरी कार्यालयले २७ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार...

जग्गा वर्गीकरणपछि कारोबार बढ्यो

स्थानीय तहले जग्गा वर्गीकरणको काम धमाधम गर्न थालेपछि जग्गाको कारोबारसमेत बढेको छ । चालू आवको पहिलो ५ महिनाको तुलनामा पछिललो ३ महिना जग्गाको कारोबार बढेको हो । चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्म आउँदा जग्गाको कारोबार संख्या बढ्दै गएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने क्रम बढेसँगै जग्गाको कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख […]

जुम्लामा लागूऔषधकाे प्रयोग र कारोबार बढ्दै

जुम्ला– पछिल्लो समय जुम्लामा लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागूऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोबारमा कमी आउन नसकेको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।  ‘प्रहरीले विद्यालय र एसईईलाई […]

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दै

काठमाडौं : नेपालमा पूर्ण प्रतिबन्धित क्रिप्टोकरेन्सी अर्थात् भर्चुअल मुद्रा कारोबार बढ्दै गएको छ।नेपाल राष्ट्रबैंकले बिटक्वाइनलगायत जुनसुकै डिजिटल मुद्रालाई २०७४ साउन २९ गते अवैध घोषणा गरेको थियो। राष्ट्रबैंकले नेपालमै वा विदेशमा बस्ने नेपाली नागरिकले यस्ता गैरकानूनी कारोबार गर्न नपाउने भनेको छ।अवैध कारोबार बढेपछि नेपाल राष्ट्रबैंकले पटक–पटक सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ। यद्यपि कारोबार भने रोकिएको छैन। राष्ट्रबैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम विनियम, निर्देश

निर्वाचनमा हतियारको कारोबार

बारा – सुरक्षा दृष्टिकोणले संवेदनशिल मानिएको प्रदेश दुईको बारा जिल्लामा अबैध हतियारको ओसारपसार र कारोबार ब्यापक बन्दै गएको छ ।स्थानीय चुनाबसँगै बढेको राजनीतिक सरगर्मीले अबैध हातहतियारको ओसारपसार र कारोबार बढेको हो ।केही साताअघि बारा परवानीपुरका सनबर देवान र सिम्रौनगढ बजारबाट दुई भारतीय नागरिक स्बचालित हतियारसहित पक्राउ परेसँगै जिल्लामा हतियार कारोबार बढ्दै गएको प्रहरी जनाएको छ […]

दैलेखमा बढ्दै लागुऔषध कारोबार, एक सातामा पाँचजना पक्राउ

दैलेखमा पछिल्ला दिनहरूमा लागुऔषधको कारोबारसँगै प्रयोग गर्ने युवाहरूको संख्या बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले एक साताभित्र पाँच जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीनजना जिल्ला...

बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं, असोज १०। विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्फत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्फत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक […]

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १५ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २९ दशमलव २४ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो, जुन हालसम्मकै उच्च हो । मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो । मंगलबार कमाउनेमा […]

विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढ्दै

बैंकिङ कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको प्रविधिमैत्री सेवा, विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षण र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण कारोबार बढ्दै गएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असारको तुलनामा पुसमा विद्युतीय माध्यमबाट हुने कारोबार करिब ३२ प्रतिशतले वृद्धि भएको छ । २०७७ असारमा विभिन्न विद्युतीय माध्यमबाट २ […]