काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबिच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् । रेखाले भनिन्, ‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो […]