काठमाडौं : शुक्रबारदेखि एक नेपाली सहित दुई फिल्मले प्रदर्शन थालेका छन्। सम्राट बस्नेतको निर्देशनमा बनेको लाखे र गुरमित सिंहको निर्देशनमा बनेको बलिउड फिल्म फोन भूत शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएका हुन्।मल्टिस्टारर लाखे एक्सन क्राइम सस्पेन्स जनराको फिल्म हो। सौगात मल्ल, अर्पण थापा, वर्षा राउत, अनुप विक्रम शाही, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले मल्टिप्लेक्समा २० प्रतिशतसम्मको शो पाएको छ। जसमा शुक्रबार बिहानीको शोमा दर्शकको उपस्थिति औसत देखिएको छ।&