७ भदौ, धनगढी । २०७२ सालमा थरुहट/थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा थारु समुदायमाथि भएको आक्रमणको विरोधमा थारु समुदायले मंगलबार टीकापुर विद्रोह दिवस मनाएका छन् । टीकापुर घटनाको सम्झनामा कैलालीसहित मोरङ, सुनसरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपुर, नवपरासी पश्चिम, कपिलवस्तु, सुर्खेत, रुपन्देही र काठमाडौंमा थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संघर्ष समिति, थारुवान राष्ट्रिय मोर्चा, थारु विद्यार्थी समाज […]