उच्च अदालत दिपायलले टीकापुर घटना मुद्दामा फैसला सुनाएको एक वर्ष पुगेको छ । गत वर्ष पुस २ गते उच्च अदालत दिपायलले रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैद फैसला गरेको सो फैसलालाई सदर गर्यो । जन्मकैद सजाय नपाएका थरुहट नेता लक्ष्मण थारुलगायतलाई पनि जन्मकैदको सजाय सुनायो । न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले फैसला सुनाएको हो ।
उच्च अदालतको फैसलाविरुद्ध घटनाका प्रतिवादीहरूले भने सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर, एक वर्षसम्म पनि सर्वोच्च अदालतबाट कुनै सुनुवाइ नहुँदा प्रतिवादीहरूले असन्त...