काठमाण्डाै – टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन जना छुटेका हुन् । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी छुटेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दि...