बजार महँगी र अभावको मुद्दालाई लिएर उपभोक्ता मञ्चले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्र लेख्दै हाल बजारमा चिनीको अभावसँगै अचाक्ली मूल्यवृद्धि गरिएको भन्दै आपूर्ति व्यवस्थापन र मूल्य मियमन गरिदिन आग्रह गरेका हुन् । ‘विगत ४ वर्षदेखि अन्तराष्ट्रिय बजारको तुलनामा चिनीको मूल्य अत्याधिक वृद्धि भइरहेको छ । नेपाली जनताको दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको र नेपाल सरकारले समेत अत्यावश्यक वस्तुको सूचिमा राखेको चिन