मंसिर ४ को चुनावका लागि १ लाख १५ हजार म्यादी भर्ना गरिने

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ।  मंसिर ४ गते हुने निर्वाचन सुरक्षाका लागि प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाएको थियो। तर प्रहरीको प्रस्तावमा कटौती गर्दै अर्थले १ लाख १५ हजार म्यादीको सहमति दिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले थाहा खबरलाई जानकारी दिए। यसअघि वैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनावी सुरक्षामा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर

सम्बन्धित सामग्री

चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाण्डाै - सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने विज्ञप्तिमार्फत् जनाएको छ ।

चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकियो

काठमाण्डाै - आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक मतपत्र छपाइकाे काम सकिएकाे छ । चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रकाे छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो। आयोगले केन्द्रलाई यही कात्तिक २० गतेसम्मको समयसीमा दिएकाेमा दुई दिन अगावै मतपत्र छपाइकाे काम सकिएकाे हाे । आज शुक्रवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रकाे अवलोकन गर्नुभएक...

चुनावका लागि आवश्यक सामग्रीको ढुवानी सुरु

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ । मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका सामग्रीको ढुवानी सुरु गरिएको आयोगले जनाएको छ । आयोगकाअनुसार हिजोदेखि  सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने आयोगले जनाएको छ । आयोगकाअनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मत...

मंसिर ४ को चुनावमा कसलाई रोज्ने ?

आगामी मंसिर ४ को चुनावका लागि यतिखेर सिंगो मुलुक मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । पहिलो ध्रुवमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको संयुक्त वाम लोकतान्त्रिक गठबन्धन छ । यो गठबन्धनमा मधेसका केही जिल्लामा लोसपा पनि सामेल छ ।उता दोस्रो ध्रुवमा एमाले, राप्रपा, जसपा, परिवार दलसहितका समूहको अर्को गठबन्धन खडा भएको छ । एक दुई निर्वाचन क्षेत्र छाडेर देशैभर यी दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।यसरी अहिले दुई धारमा विभक्त नेपाली राजन

मंसिर ४ को चुनाव निष्पक्ष हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ को चुनाव निष्पक्ष हुने प्रतिबद्धता जनाएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले आउँदो चुनाव निष्पक्ष गर्ने प्रतिबद्धता सरकारका तर्फबाट जनाएका हुन्। उनले चुनावका लागि निर्वाचन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने बताए। देउवाले भने, ‘मंसिर ४ गते सरकारले निष्पक्ष रुपमा चुनाव गराउँछ। आयोगलाई सरकारले पूर्ण रुपमा सहयोग गर्छ।’ प्रतिनिधिसभा […]

मंसिर ४ को चुनावका लागी १० हजार ८८८ मतदानस्थल तय

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल तय गरेको छ । यो यसअघिको चुनावको भन्दा १३२ धेरै हो । यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । देशभरका ४०१ […]

मंसिर ४ को चुनावलाई १० हजार ८८८ मतदानस्थल तय

२० भदौ, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल तय गरेको छ । यो यसअघिको चुनावको भन्दा १३२ धेरै हो । यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । […]

निर्वाचन आयोगद्वारा मंसिर ४ मा हुने चुनावका लागि आचारसंहिता जारी (पूर्णपाठ)

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।

मंसिर ४ मा चुनाव गर्न गठबन्धनमा समझदारी, कहिले तोकिन्छ मिति?

काठमाडौं : सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते प्रदेश तथा प्रतितिनिधसभाको निर्वाचन गर्ने समझदारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा चुनावको मिति तोक्नेबारेमा छलफल भएको थियो। उक्त बैठकमा चुनाव र गठबन्धनका बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए। ‘चुनावका बारेमा छलफल भएको…