निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् । भोलि (शुक्रबार) स्थानीय तहका ७५३ वटै पालिकामा मतदान हुँदै छ । मतदान लगत्तै मतगणना सुरु हुने पनि उनले बताए ।