विद्युतिय मतदान यन्त्र साउन मसान्तसम्म उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौं, १६ असार । निर्वाचन आयोगले विद्युतीय मतदान यन्त्रबाट आगामी चुनावमा मतदान गर्ने हो भने साउन मसान्तसम्ममा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगले सो विषयको अध्ययन प्रतिवेदन गृहमन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रदेश र संघीय चुनावका लागि मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो । ‘‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा […]

सम्बन्धित सामग्री

भूमिहीन र सुकुम्बासीको लगत सङ्कलनको लागि निवेदन आह्वान

काठमाण्डाै - राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लाका चौबीसवटा पालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ ।आयोगले आज सूचना निकालेर सम्बन्धित पालिकाका वडाका तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको हो । आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नु पर्ने सूचनामा भनिएको छ ।कोशी प्रदेशमा उदयपुरको उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा निवेदन दिन आयोगको आग्रह छ ।यस्तै, मधेस प्रदेशमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका, सिरहाको नवराजपुर ...

साउनभित्र विद्युतीय भोटिङ मेसिन उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

काठमाडौँ – निर्वाचन आयोगले आउँदो संघ र प्रदेशको चुनावमा विद्युतीय भोटिङ मेसन (इभिएम) प्रयोग गर्न साउनभित्रै व्यवस्था गरिदिन आग्रह गरेको छ। इभिएमबारे अध्ययन गर्न आफैँले गठन गरेको अध्ययन समितिको प्रतिवेदनले दिएको सुझावका आधारमा आयोगले गृहमन्त्रालयमार्फत सरकारलाई नेपाल बाहेक अन्य देशको मेसिन उपलब्ध गराउन आग्रह गरेको हो। आयोगले अध्ययन समितिले नेपालमा बनेको इभिएम प्रयोग गर्न उपयुक्त […]

विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने भए साउन मसान्तसम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन किसान आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय किसान आयोगले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । कृषकहरुले खेती सुरु गर्ने समयमा रासायनिक मलको प्रयोग गर्न नपाएमा धान र मकै बालीको उत्पादन र उत्पादकत्व स्वत: घट्ने भएकाले किसानको माग बमोजिम यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन आयोगले आग्रह गरेको हो । बिहिबार एक विज्ञप्ति जारी गर्दै  आयाेगले […]

यौनजन्य हिंसाका साक्षी र पीडितको सुरक्षा गर्न आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता एवम् सहसचिव टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गरी पीडितलाई कानूनअनुसार क्षतिपूर्ति पाउने हकको व्यवस्था स्मरण गराएका छन्।पोखरेलले निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत यौनजन्य हिंसा तथा बलात्कार घटनाबाट पीडितहरूको न्यायिक हक र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। आयोगले साक्षीको सुरक्षा गर्न, पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उप

बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय तथा दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडितको न्यायिक हक तथा सुरक्षाको सुनिश्चितता गर्न भनिएको छ ।“यौनजन्य तथा बलात्कारका घटनाका पीडित र साक्षीको सुरक्षा गर्न, पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका आरोपितलाई शीघ्र कानुनी दायरामा ल्याउन आयो

मतदान स्थलका लागि भौतिक संरचना उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपलब्ध गराउन आग्रह गरेको छ । वैशाख २८ गतेदेखि वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकारमार्फत् सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय गरेको छ ।

लेटाङ घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीलाई कानुन दायरामा ल्याउन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेका विज्ञप्तिमा प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानुनी दायरामा ल्याउन  तथा घाइतेको निःशुल्क स्वास्थ्योपचार गर्न भनिएको छ।‘बालिकामाथि भएको भनिएको दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्त

खोपको सहज उपलब्धता गराउन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गरेका छन् । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छलफलमा उनले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।अध्यक्ष मगरले सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्नसक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्था

डुबान प्रभावित किसानलाई राहत उपलब्ध गराउन आयोगको आग्रह

राष्ट्रिय किसान आयोगले बाढी र डुबानबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ । आयोगले वर्षा, बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका अल्पकालीन र दीर्घकालीन प्याकेजका कार्यक्रम ल्याउन सरकारसमक्ष आग्रह गरेको हो ।धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको आयोगको ठहर छ । केह