राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनमा आफ्नो अधिकारको बारेमा सचेत रहँदै कसको दबावमा नपरी मत हाल्न मतदाताहरूलाई अनुरोध गरेको छ । बिहीबार काठमाडौं पत्रकार सम्मेलन गर्दै आयोगले कसैको प्रभावमा नपरी निर्भिकताका साथ आफूले उपर्युक्त ठानेको जनप्रतिनिधिलाई भोट हाल्न अपिल गरेको हो ।पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायहरूलाई आग्रह गरे । उनले निर्वाचन आयोगबाट जारी आचारसंहिताको पूर्ण पालना गर्न/गराउन,