काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा सनराइजर्स हैदरावादमाथि शानदार जित निकाल्दै कोलकाताले लिगमा उत्कृष्ट सुरुवात गरेको हो। एमए चिदमबर्मा स्टेडियमा कोलकाताले दिएको १८८ रनको लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि मनिस पान्ड्या र जोनी बेरिस्टोले अर्धशतकीय पारी खेले। ४४ बल खेलेका मनिसले २ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए। त्यस्तै ४० बल खेलेका बे