भारतको एक अदालतले मंगलबार तीव्र गतिका बलर शान्तकुमारन श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्धको फैसलालाई यथावत् राखेको छ ।
गत अगस्टमा केरलाको एक उच्च अदालतले प्रमाण नपुगेको भन्दै श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्ध फुकुवा गर्न आदेश दिएको थियो । अदातलको निर्णयपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले त्यसविरुद्ध अपिल गरेको थियो ।
बिसिसिआईको अपिलमा सुुनुवाई गर्दै अदालतले आफ्नो पछिल्लो फैसला उल्ट्याएर उनीमाथिको आजीवन प्रतिबन्धको निर्णय यथावत् राखेको हो।