यूरोपमा नेपाली जहाजलाई प्रतिबन्ध कायमै

काठमाडौं। यूरोपेली संघ (ईयू)ले नेपाली वायुसेवा कम्पनीका जहाजलाई यूरोपेली आकाशमा उडाउन लगाएको प्रतिबन्ध कायमै राखेको छ । सन् २०१३ डिसेम्बरदेखि ईयूले नेपाली जहाजलाई यूरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ । ईयूले बिहीवार उडान प्रतिबन्ध लगाएका देश र ती देशका वायुसेवा कम्पनीहरूको सूची सार्वजनिक गरेको हो । सूचीअनुसार नेपालका सबै वायुसेवा कम्पनीका जहाज यूरोपेली आकाश उड्न पाउँदैनन् । विगतमा नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षेत्राधिकार लगायतलाई (सेवा र नियमन एउटै संस्थाले गर्न नहुने) सुरक्षा प्रतिबन्ध सूचीमा राख्नुको कारण देखाउने ईयूले यसपटक भने दुई वायुसेवा प्रदायक कम्पनीको सुरक्षा परिपालनाको कमजोरीका कारण प्रतिबन्धित सूचीबाट नहटाएको उल्लेख गरेको छ ।  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसपटक पनि ईयूले सुरक्षा प्रतिबन्धको सूचीमा कायमै राखेको बताए । यसपटक ईयूले प्राधिकरणको कमजोरी नऔंल्याएको भन्दै उनले वायुसेवा कम्पनीहरूमा कमीकमजोरी देखिएका कारण उडान प्रतिबन्धको सूचीबाट नहटेको जानकारी दिए । ‘प्राधिकरणको ऐन, नियमन, नेतृत्व जस्ता कारण देखाइएको छैन । संगठन संरचना पनि ठीक छ भनिएको छ,’ निरौलाले भने, ‘ईयूले नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको अडिट गरेको थियो । त्यसमा केही कमीकमजोरी रहेको उल्लेख गरिएको छ ।’ उनले यी दुई कम्पनीमा देखाइएका समस्या सुधारेर त्यसको प्रगति प्रतिवेदन आवधिक रूपमा ईयूमा पठाउने बताए । अब प्राधिकरणले ईयूले देखाएका कमीकमजोरी सुधार गर्न नेपाल एयरलाइन्स र श्री एयरलाइन्सलाई निर्देशन दिने उनले बताए । ईयूका प्रतिनिधिले नेपाल आएर ती कम्पनीको अडिट गरेपछि कालोसूचीबाट हटाउन आवश्यक तयारी नपुगेको प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदनमा अडिटमा परेका नेपाल एयरलाइन्स र श्री एयरलाइन्समा सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको छ । नियामकले देखाएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन नभएको, उडान समय सीमितता, उडान योजनालगायत कारण देखाउँदै प्रतिबन्ध यथावत् राखिएको उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहन्छ : अमेरिका

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ। विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो । उहाँले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफलसमेत गर्नुभएको थियो । वासिङ्टनले मानव अधिकार उल्लङ्घन गरेको आरोपमा ¥यापिड एक्सन बटालियन (आरएबी)माथि प्रतिबन्ध लगाएपछि बङ्गलादेशको भ्रमण […]

रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग

एजेन्सी । रुसलाई ओलम्पिक गेम्समा फर्काउने बेला नभएको ठहर गर्दै नर्डिक राष्ट्रहरुले रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग गरेका छन् । नर्वे, डेनमार्क, स्विडेन, फिनल्याण्ड र आइसल्याण्डका ओलम्पिक कमिटिले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अर्को वर्ष पेरिसमा हुने ओलम्पिकमा रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न अपिल गरेका हुन् । अघिल्लो हप्ता लात्भिया, लिथुआनिया, इस्टोनिया […]

महंगा मोबाइल फोन आयातमा लागेको प्रतिबन्ध कायमै, अब मंसिर २९ गतेसम्म आयात नहुने

सरकारले ३०० डलरमाथिका फोनमा प्रतिबन्ध कायमै राखेको छ । यसअघि असोज २८ गतेसम्म रहेको प्रतिबन्ध लम्ब्याउँदै सरकारले मंसिर १९ गतेसम्म पुर्‍याएको हो ।  असोज २८ गते बसेको मन्त्रीपरिषद् बैठकले महंगा फोनमा लागेको प्रतिबन्ध लम्ब्यासँगै अब तिहारमा पनि मिडरेञ्जका फोन आयात हुने छैनन् । तर पनि बजारमा महंगा फोनहरू अवैधानिक रूपमा भित्रिएका छन् ।  विदेशी मुद्रा सञ्चिति घटेको...

चार वस्तुको आयात प्रतिबन्ध दुई महिना लम्ब्याइयो

सरकारले १५० सीसीभन्दा माथिको बाइक, महँगा पेट्रोलियम गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको छ ।

आयात प्रतिबन्ध लचिलो

व्यवसायी तथा अन्तर्राष्ट्रिय दबाबका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सरकारले प्रतिबन्ध लगाइएका वस्तुहरुमा केही संशोधन गरेर प्रतिबन्ध कायमै गरेको छ । सरकारले विदेशी मुद्रामा बढी दबाब पार्ने महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको भए पनि चुरोटको आयात […]

दुई महिनापछि सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

दुई महिनाको लकडाउनपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् ।प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषण

हट्यो सांघाईमा कोभिड प्रतिबन्ध

बेइजिङ – दुई महिनाको प्रतिबन्दपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् । प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड […]

अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्ध तत्काल नहटाउने

काठमाण्डाै - अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो । प्रतिबन्ध कायमै राखेको अमेरिकाले विभिन्न निकायहरुलाई अफगानिस्तानमा आवश्यक मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ । अफगानिस्तानमा हजारौँ नागरिकलाई सहयोगको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै बताउँदै आएको छ । प्रतिबन्धका कारण अवस्था झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको उल्लेख गरे...

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।