गाडी, मोबाइल र मदिरा आयातको प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको छ । उद्योगी व्यवसायीहरू ले प्रतिबन्ध खुलाउन दबाब दिएपनि मन्त्रालयले बन्देजलाई यथावत् राख्न सिफारिस गरेको छ । मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल […]

सम्बन्धित सामग्री

गाडी, मोबाइल र १५० सीसीमाथिका बाइक आयातमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुसदेखि लागुहुने गरि खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको स्रोतले जनाएको छ। आयात प्रतिबन्ध खुला भएको सुचना राजपत्रमा प्रकाशित हुनेछ। राजपत्रमा…

मदिरा, मोबाइल र गाडीमा लागेको आयात प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल,  मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।मंगलबार बसेको मन्त्रिपरिषद्को  बैठकले  आयातमा  लाग्दै  आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको   संयोजकत्वमा गठित समितिले  आयातमा बन्देज  खुलाउन  सिफारिस  गरेको  थियो।

२९ मंसिरदेखि आयात प्रतिबन्ध हट्ने

सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २९ मंसिरदेखि लागु हुने गरी गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयातमाथिको प्रतिबन्ध हटाउने...

मदिरा, गाडी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा

काठमाडौँ – सरकारले प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना […]

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका एक मन्त्रीले […]

आयात प्रतिबन्ध लचिलो

व्यवसायी तथा अन्तर्राष्ट्रिय दबाबका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सरकारले प्रतिबन्ध लगाइएका वस्तुहरुमा केही संशोधन गरेर प्रतिबन्ध कायमै गरेको छ । सरकारले विदेशी मुद्रामा बढी दबाब पार्ने महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको भए पनि चुरोटको आयात […]

फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध

काठमाडौं । सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यस्तो निर्णय गरेसँगै विलासिताका वस्तुका रूपमा लिइएका यी चार किसिमका सामान आयातमा लगाइएको प्रतिबन्ध आगामी २८ असोजसम्मका लागि कायम राखिएको हो । बढ्दो आयात घटाएर वैदेशिक मुद्रा सञ्चिति दरको हालको अवस्थामा केही सुधार ल्याउने उपायअनुसार […] The post फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

१० मध्ये ६ सामानको निर्यातमा लागेको प्रतिबन्ध हट्यो, अब के-केमा बाँकी?

काठमाडौँ- सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमाथि लगाएको प्रतिबन्ध असोज २८ सम्म थपेको छ। उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिका रंगिन टेलिभिजन, सबै प्रकारका खेलौना र तासको आयातमाथि लगाएको प्रतिबन्ध भने हटाउने निर्णय गरेको थियो। […]

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार […]

सरकारले लगायो १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध, मोबाइल सेटदेखि मदिरासम्म

काठमाडौं : डलर सञ्चिती निरन्तर घट्दै गएपछि सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादन पनि आयात गर्न पाइने छैन। कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, औद्योगिक कच्चा पदार्थबाहेक हिरा, खेल्ने तास, सबै प्रकारका खेलौनाको आयातमा पनि अंकुश लगाइएको छ।६ सय अमेरिकी डलरभन्दा बढ