बुर्का र बिकिनीले बनेको बुर्किनीमाथिको प्रतिबन्धले मच्चायो हंगामा

करिब एक महिना अघि फ्रान्सको शहर ग्रेनोबलले स्विमिङ पुलमा मुस्लिम महिलालाई बुर्किनी लगाउन अनुमति दिएको थियो । यो निर्णयमाथि त्यहाँ निकै हंगामा भयो । मुद्दा सुरुमा तल्लो अदालत र त्यसपछि सर्वोच्च अदालतसम्म पुग्यो । २१ जूनको निर्णयमा अदालतले ग्रेनोबल शहरको निर्णयलाई रद्द गर्दै बुर्किनीमाथिको प्रतिबन्ध यथावत् राखेको छ । त्यसपछि बुर्किनीको विषयमा एउटा नयाँ बहस सुरु भएको छ । बुर्किनीको कुरा गरिराख्दा तपाईंलाई यो के हो ? भन्ने कौतुहलता पनि जागेको होला । यसबारे एक भारतीय सञ्चार माध्यमले जानकारी दिएक

सम्बन्धित सामग्री

स्विट्जरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध

जेनेभा– इरानमा हिजाब नलगाउने महिलामाथि कारबाही गर्ने विधेयक पारित गरिरहेको बेला युरोपबाट अर्को समाचार आएको छ ।  स्विट्जरल्याण्डको संसद्ले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो । स्वीस संसद्को माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ । […]

बुर्का नलगाउने महिलामाथि कानुनी कारबाही गर्छौंः इरानी न्यायपालिका प्रमुख

१८ चैत, काठमाडौं । इरानको न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईले बुर्का नलगाउने महिलालाई विनादया कानुनी कारबाही गरिने अभिव्यक्ति दिएका छन् । बीबीसीका अनुसार गुलाम हुसेन मोहसेनी एजेईले भनेका छन्, बुर्काविना बाँच्नु इरानको धार्मिक मूल्य मान्यतालाई बेवास्ता गर्नु बराबर हो ।’ दुई दिनअघि इरानको आन्तरिक मन्त्रालयले अनिवार्य बुर्का लगाउने विषयमा यस्तै कडा धारणा अगाडि सारेको […]

तालिबान सरकारद्वारा सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन आदेश

अफगानिस्तानका तालिबान प्रमुखले देशका महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन आदेश दिएका छन् । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिबान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अब महिलाहरुले बुर्का नलगाइ सार्वजनिक स्थानमा देखा पर्न नसक्ने आदेश दिएको समाचार संस्था एएफपीले जनाएको छ । यो आदेश गएको अगस्टमा तालिबानले सत्ता कब्जा गरेयताकै सबैभन्दा कठोर नियन्त्रण भएको खबरमा उल्लेख छ । तालिबानले बुर्काको अनिवार्यतालाई सम्मानजनक परम्परा भएको जिकिर गरेको छ । महिलाहरुले पुरुषको नजरबाट बच्न र पुरुषलाई उत्तेजित हुनबाट रोक्न पनि बुर्का लगाउनुपर्ने...

भारतको कर्नाटकमा बुर्का लगाएका छात्रामाथि दुर्व्यवहार, तीन दिनसम्म स्कुल बन्द

एजेन्सी । भारतको कर्नाटक राज्यमा बुर्का लगाएर कलेज गएका छात्रामाथि दुर्व्यवहारको घटनापछि त्यहाँका स्कुल र कलेज तीन दिनका लागि बन्द गरिएको छ । कर्नाटकको माड्यास्थित दुईवटा कलेजमा बुर्का लगाएर कलेज आउन पाइँदैन भन्दै पहेँलो गम्छा ओढेका हिन्दु युवाहरुले उग्र नाराबाजी र प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको थियो । उग्र प्रदर्शनका कारण एक कलेज प्रशासनले […]

भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक

भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो । हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरुलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ ।आफू कक्षा कोठामा प्रवेश गर्नेवित्तिकै शिक्षकले तत्काल बाहिर निस्कन निर्देशन दिएको पीडितमध्येकी एक एएच अलमासले गुनासो गरेकी छिन् ।हिजाब आफ्नो व

बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न दिइएन

छिमेकी देश भारतको एउटा सरकारी कलेजमा मुसलमान छात्रत्राहरुमाथि विभेद भएको पाइएको छ ।  बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको हो ।  कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो । हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरुलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ ।  विद्यालयले प्रवेश नदिएपछि ६ जना किशोरीहरु ३१ डिसेम्बरदेखि अनुपस्थित छन् ।

काबुलमा महिलालाई बुर्का लगाउन दबाब, तालिवानले टाँस्यो यस्ता पोस्टर र सूचना

काबुल । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएकाे छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ । १५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाहरुका अधिकार कटौती गर्दै […] The post काबुलमा महिलालाई बुर्का लगाउन दबाब, तालिवानले टाँस्यो यस्ता पोस्टर र सूचना appeared first on राजधानी राष्ट्रिय दैनिक.

तालिवानद्धारा महिलालाई बुर्का लगाउन दबाब

एजेन्सी, २५ पुस। तालिवानले महिलालाई शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको हो । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको जनाइएको छ । ‘शारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ पोस्टरमा […]

श्रीलंकामा सार्वजनिक स्थलमा बुर्का लगाउन नपाइने

श्रीलंकाको मन्त्रिपरिषद्ले सार्वजनिक स्थानमा बुर्का लगाउने नपाइने प्रस्ताव पारित गरेको छ।

श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध

काठमाण्डाै - श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ । राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ ।  यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताउनुभएको छ। सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी ...