रूसमाथिको प्रतिबन्ध यथावत्

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी ९आइपिसी० ले बुधबार रूसको पारा ओलम्पिक कमिटी ९आरपिसी० माथि लगाइएको प्रतिबन्धलाई यथावत् राख्ने जनाएको छ । तर आइपिसीले रूसलाई सन् २०१८ मा दक्षिण कोरियामा हुने विन्टर पारा ओलम्पिकमा सहभागी हुन दिने वा नदिनेबारे अन्तिम निर्णय भइनसकेको बताएको छ । प्रतियोगिता मार्च ८ देखि सुरु हुनेछ ।

सम्बन्धित सामग्री

यूरोपमा नेपाली जहाजलाई प्रतिबन्ध कायमै

काठमाडौं। यूरोपेली संघ (ईयू)ले नेपाली वायुसेवा कम्पनीका जहाजलाई यूरोपेली आकाशमा उडाउन लगाएको प्रतिबन्ध कायमै राखेको छ । सन् २०१३ डिसेम्बरदेखि ईयूले नेपाली जहाजलाई यूरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ । ईयूले बिहीवार उडान प्रतिबन्ध लगाएका देश र ती देशका वायुसेवा कम्पनीहरूको सूची सार्वजनिक गरेको हो । सूचीअनुसार नेपालका सबै वायुसेवा कम्पनीका जहाज यूरोपेली आकाश उड्न पाउँदैनन् । विगतमा नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षेत्राधिकार लगायतलाई (सेवा र नियमन एउटै संस्थाले गर्न नहुने) सुरक्षा प्रतिबन्ध सूचीमा राख्नुको कारण देखाउने ईयूले यसपटक भने दुई वायुसेवा प्रदायक कम्पनीको सुरक्षा परिपालनाको कमजोरीका कारण प्रतिबन्धित सूचीबाट नहटाएको उल्लेख गरेको छ ।  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसपटक पनि ईयूले सुरक्षा प्रतिबन्धको सूचीमा कायमै राखेको बताए । यसपटक ईयूले प्राधिकरणको कमजोरी नऔंल्याएको भन्दै उनले वायुसेवा कम्पनीहरूमा कमीकमजोरी देखिएका कारण उडान प्रतिबन्धको सूचीबाट नहटेको जानकारी दिए । ‘प्राधिकरणको ऐन, नियमन, नेतृत्व जस्ता कारण देखाइएको छैन । संगठन संरचना पनि ठीक छ भनिएको छ,’ निरौलाले भने, ‘ईयूले नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको अडिट गरेको थियो । त्यसमा केही कमीकमजोरी रहेको उल्लेख गरिएको छ ।’ उनले यी दुई कम्पनीमा देखाइएका समस्या सुधारेर त्यसको प्रगति प्रतिवेदन आवधिक रूपमा ईयूमा पठाउने बताए । अब प्राधिकरणले ईयूले देखाएका कमीकमजोरी सुधार गर्न नेपाल एयरलाइन्स र श्री एयरलाइन्सलाई निर्देशन दिने उनले बताए । ईयूका प्रतिनिधिले नेपाल आएर ती कम्पनीको अडिट गरेपछि कालोसूचीबाट हटाउन आवश्यक तयारी नपुगेको प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदनमा अडिटमा परेका नेपाल एयरलाइन्स र श्री एयरलाइन्समा सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको छ । नियामकले देखाएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन नभएको, उडान समय सीमितता, उडान योजनालगायत कारण देखाउँदै प्रतिबन्ध यथावत् राखिएको उल्लेख गरिएको छ ।

भारतमा गहुँको उत्पादनले कीर्तिमानी उचाइ छुने ! निर्यात प्रतिबन्ध यथावत् रहने

काठमाडौं । यो वर्ष भारत (India)को गहुँ (Wheat) उत्पादनले नयाँ उचाई छुने अनुमान गरिएको छ । चालु बाली वर्ष अर्थात् जुलाईदेखि जुनको अवधिमा भारतमा ११ करोड २७ लाख ४० हजार टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ । समग्रमा भने अन्नको उत्पादन ३३ करोड ५ लाख ३० हजार टनको नयाँ उचाइ छुने कृषि मन्त्रालयले बताएको छ । चालु वर्षमा ११ करोड २० लाख टन गहुँ उत्पादन गर्ने लक्ष्य सरकारको थियो । यो वर्ष उत्पादन सरकारी लक्ष्यलाई समेत उछिन्ने देखिएको छ ।  अघिल्लो बाली वर्षमा भने मुख्य गहुँ उत्पादक राज्यहरूमा लुका कारण १० करोड ७७ लाख ४० हजार टन मात्रै गहुँ उत्पादन भएको थियो । घरेलु स्तरमा गहुँको आपूर्ति कम हुन नदिने भारतले गएको वर्ष गहुँको निर्यात (Export)मा बन्देज लगाएको थियो । अहिले पनि सो प्रतिबन्ध हटेको छैन । गहुँको उत्पादनले नयाँ उचाइ छुने अनुमान आइरहँदा प्रतिबन्ध नफुकाइने केन्द्र सरकारले हालै मात्रै स्पष्ट पारेको थियो । एजेन्सी

लेवान्डोस्कीको तीन खेलमा प्रतिबन्ध यथावत्

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीमाथिको तीन खेलको प्रतिबन्ध यथावत् रहेको छ । स्पेनिस ला लिगाअन्तर्गत ओसासुनाविरुद्धको खेलमा गोल गरेपछि लेवान्डोस्कीले विवादास्पद रूपमा खुसी मनाएका थिए । रेफ्रीले लेवान्डोस्कीमाथि तीन खेलमा प्रतिबन्ध...

गाडी, मोबाइल र मदिरा आयातको प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको छ । उद्योगी व्यवसायीहरू ले प्रतिबन्ध खुलाउन दबाब दिएपनि मन्त्रालयले बन्देजलाई यथावत् राख्न सिफारिस गरेको छ । मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल […]

गाडी, मोबाइल, मदिराको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याइयो

सरकारले गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले ती वस्तुको आयात प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उद्योगी व्यवसायीहरुले प्रतिबन्ध खुलाउन दबाब दिएपनि सरकारले बन्देजलाई यथावत् राखेको हो ।

बुर्का र बिकिनीले बनेको बुर्किनीमाथिको प्रतिबन्धले मच्चायो हंगामा

करिब एक महिना अघि फ्रान्सको शहर ग्रेनोबलले स्विमिङ पुलमा मुस्लिम महिलालाई बुर्किनी लगाउन अनुमति दिएको थियो । यो निर्णयमाथि त्यहाँ निकै हंगामा भयो । मुद्दा सुरुमा तल्लो अदालत र त्यसपछि सर्वोच्च अदालतसम्म पुग्यो । २१ जूनको निर्णयमा अदालतले ग्रेनोबल शहरको निर्णयलाई रद्द गर्दै बुर्किनीमाथिको प्रतिबन्ध यथावत् राखेको छ । त्यसपछि बुर्किनीको विषयमा एउटा नयाँ बहस सुरु भएको छ । बुर्किनीको कुरा गरिराख्दा तपाईंलाई यो के हो ? भन्ने कौतुहलता पनि जागेको होला । यसबारे एक भारतीय सञ्चार माध्यमले जानकारी दिएक

बेलायतकी विदेशमन्त्रीले भनिन्, ‘रुसको सेना फिर्ता भए प्रतिबन्ध हटाइने’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला रोक्छन्, रुसी सैनिक फिर्ता जान्छन् र अब उप्रान्त कुनै हमला नगर्ने बचन दिन्छन् भने यस्तो अवस्थामा रुसी ओलिगार्क, बैंक र व्यावसायीमाथि लगाइएको प्रतिबन्ध हटाउन सकिने बेलायतले सम्भावना व्यक्त गरेको छ ।बेलायतकी विदेश मन्त्री लिज ट्रसको यो टिप्पणी अब सार्वजनिक भएको छ । ट्रसले सन्डे टेलिग्राफ न्यूजपेपरसँगको कुराकानीमा रुसी राष्ट्रपतिले पुनः हमला गर्छन् भने प्रतिबन्धको खतरा यथावत् रहने बताएकी छिन् ।उनका अनुसार सम्भावित शान्ति वार्तामा सहयोगका लाग

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।

श्रीशान्तको प्रतिबन्ध यथावत्

भारतको एक अदालतले मंगलबार तीव्र गतिका बलर शान्तकुमारन श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्धको फैसलालाई यथावत् राखेको छ । गत अगस्टमा केरलाको एक उच्च अदालतले प्रमाण नपुगेको भन्दै श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्ध फुकुवा गर्न आदेश दिएको थियो । अदातलको निर्णयपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले त्यसविरुद्ध अपिल गरेको थियो । बिसिसिआईको अपिलमा सुुनुवाई गर्दै अदालतले आफ्नो पछिल्लो फैसला उल्ट्याएर उनीमाथिको आजीवन प्रतिबन्धको निर्णय यथावत् राखेको हो।