यस वर्षको तिहारमा स्वदेशी सयपत्री फूलको कारोबार ३० प्रतिशत मात्रै भएको छ । भारतीय सयपत्री फूलमालाको कारोबार भने ७० प्रतिशत भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । तिहारमा ५ करोड ८५ लाख रुपैयाँको स्वदेशी सयपत्री फूलको माला खपत हुँदा १३ करोड ६५ लाख रुपैयाँको भारतीय माला खपत भएको हो ।