उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

साउन २०, काभ्रेपलाञ्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।  गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मंगलवार जारी अपिलमा भनिएको छ ।  बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ ।  ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महीनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए ।  पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्यांकन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुंगा, सात ओटा मेसिन लगातार एक महीनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवम् परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए । बाढी प्रभावितहरुको सम्पूर्ण विवरण संकलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रू. २५ हजार, रू.  २० हजार, रू.  १५ हजार र रू. १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य शुरु भइसकेको जानकारी दिएको छ ।  अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रू. ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने रू. पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप रू.  तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको बताए । प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ ।  प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, संघसंस्था, समूहसँग जतिबेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ । नगरपालिकाभित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताए । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।  बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ । बर्सातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ । साथै त्यस्तो काममा नलाग्न अपिलसमेत गरेको छ । रासस  

सम्बन्धित सामग्री

घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ?

हामी सबैलाई थाहा होला घरमा माकुराको जालो राख्नु हुँदैन भन्ने । बुढापाकाले पनि बार बार भनिरहने कुरा हो घर भित्र माकुराले जालो लगाउँदा हटाइ हाल्नु पर्छ भनेर ।  त्यसैले माकुराको जालो भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता परापूर्व कालदेखि नै चल्दै आएको छ । भनिन्छ जुन घरमा माकुराको जालो लागेको हुन्छ, त्यस घरमा बस्ने […]

बर्दियाका पाँच घरमा आगलागी

बर्दियामा आगलागी हुँदा पाँच घरमा क्षती भएको छ। गेरुवा गाउँपालिका–५ पथरैया कार्की टोलमा आगलागी हुँदा पाँच घरमा क्षति भएको हो।...

डाँडाफयाको जवुकामा घरमा आगलागी

सिमकोट – सिमकोट गाउँपालिका–७ को डाँडाफयाको जवुुका गाउँमा आगलागी भएको छ। एउटा घरमा एक्कासी आगलागी भएको र अन्य दुुई घरमा त्यसै घरमा लागेको आगो सल्किँदा धेरै क्षति भएको हो। आगलागीबाट दुुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। वडाध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुुई वटा घरमा क्षति पुर् याएको बताए। […]

नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन

किन होला भमराले पनि मान्छे चिल्छन् मेरो घरमा?

भान्सा मिले बिरालो र मुसो पनि मिल्छन् मेरो घरमा, किन होला भमराले पनि मान्छे चिल्छन् मेरो घरमा? उज्यालो खोज्दै हिंडेका पुतली त निल्थे माउसुलीले,हिजोआज त क्वाप्प क्वाप्प रश्मि नै निल्छन् मेरो घरमा।...

गुल्मीमा घरमा ठोकियो गाडी

गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको  सदरमुकाम तम्घासस्थित खानीगाउँको  एक  घरमा गाडी ठोकिएको  हो  । जिल्ला  प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव  राज  खरेलले  अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् ।  घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।    खानीगाउँ

पोखराको एक घरमा आगलागी

पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो । अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

यी ६ चीज  घरमा छन् भने तत्कालै हटाउनुस्

हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला । १ नटराजको मूर्ति नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ । २ ताजमहल ताज...

यी ६ चीज  घरमा छन् भने तत्कालै हटाउनुस्

हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला । १ नटराजको मूर्ति नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ । २ ताजमहल ताज...