काठमाण्डाै - मेलम्ची बाढीपहिरो प्रभावितले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाका प्रभावितले केहीबेर अघि बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले तत्काल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने, नदीलाई पुरानै धारमा फर्काउन पहल गनुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन गनुपर्ने, बाढीले व्यवसाय गुमाएका व्यवसायीलाई क्षतिपूर्तिको प्याकेजको व्यवस्था गर्नु पर्ने, ऋण मिनाहा ...