ललितपुरको नख्खु खोला–भैँसेपाटी–बुङमती सडक खण्ड विगत लामो समयदेखि अस्तव्यस्त छ ।
यस खण्डकोअस्तव्यस्तताले सडकको स्वरूप मात्र बिग्रिएको छैन, स्थानीय जनता र यात्रुहरूलाई निकै सास्ती परेको छ ।
यो विशेषगरी ‘भीआईपी’हरूको बस्ती रहेको क्षेत्र हो । तर यही क्षेत्रको सडकको अवस्था निकै पट्यारलाग्दो छ ।
घाममा धूलैधूलो, पानीमा हिलैहिलो मात्र हैन सडकको दायाँबायाँ र बीचमा समेत खाल्डाखुल्डीले यात्रा निकै कष्टकर बन्दै आएको छ ।
यस सडक खण्डको जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पाएको ...