विश्वकपमा बेटिङ गराउने गिराेहका एजेन्ट पक्राउ, ८ करोड कारोबार गरेको दाबी

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेटिङ गराइरहेको अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट भएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले लमजुङको सुन्दर बजार घर भई काठमाडौंको टोखा बस्दै आएका २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो। उनले कमिसनबापत २५ प्रतिशत रकम पाउने लोभमा एजेन्ट बन्दै काम गरेको […]

सम्बन्धित सामग्री

अनलाइन बेटिङमा संलग्न भएको आरोपमा युवक पक्राउ, करिब २ करोड कारोबार गरेको दाबी

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ७ का २६ वर्षीय आकाश रेग्मी छन् । उनको साथबाट बरामद भएका मोबाइलबाट रेग्मीले एक करोड ९५ लाख ९५ हजार ११७ रुपैयाँ कारोबार गरेको पाइएको प्रहरीको दाबी छ। प्रहरीले रेग्मीको […]

साताको बजार : चार कारोबार दिनमा ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । यो साता चार कारोबार दिनमा ७ अर्ब ३६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको २ करोड ४१ लाख ३४ हजार ६२५ कित्ता धितोपत्र कारोबार भएको छ । गत साता पनि चार कारोबार दिन मात्र दोस्रो बजार खुला भएको थियो । गत साता चार कारोबार दिनमा ५ अर्ब २२ करोड ११ लाख रुपैयाँभन्दा बढीको १ करोड ८१ लाख १७ हजार ८१३ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता २ अर्ब १४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ६० लाख १६ हजार ८१२ कित्ता बढी धितोपत्र कारोबार भएको हो । यो साता बजारका महत्त्वपूर्ण सूचकहरू सकारात्मक देखिएका छन् । कारोबार रकम र कित्तामा वृद्धि भएको यो साता नेप्से परिसूचक पनि २२ दशमलव ७२ अंकमाथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो ।  यो साता चार कारोबार दिनमा पहिलो कारोबार दिन ४२ दशमलव १४ अंकले घटेको बजार त्यसपछिका तीन कारोबार दिन भने निरन्तर बढेको छ । दोस्रो दिन ४ दशमलव २६ अंक, तेस्रो दिन १६ दशमलव २४ अंक र चौथो दिन ४४ दशमलव ३४ अंक नेप्से परिसूचक बढेको हो ।  सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । यतिबेला बजार लाभांश सिजनका कारण पनि सकारात्मक बनेको बुझाइ ब्रोकरहरूको छ । लामो समय घटेको बजार लाभांशको प्रभावबाट पनि केही माथि जाने विश्वास लगानीकर्तामा देखिएको छ । लगानीकर्ताको यही उत्साह नै बजार बढ्नुको प्रमुख कारण रहेको एक ब्रोकरले बताए ।  यतिबेला सरकार पनि बजार विकासको पहलमा लागिरहेको छ । शेयर धितोकर्जाको सीमाबाट प्रभावित बनेको बजारलाई उक्त सीमा हटाएर भए पनि सकारात्मक बनाउने पहलमा सरकारसमेत रहेको देखिन्छ । शेयर धितोकर्जाको १२ करोड रुपैयाँसम्मको सीमा हटाउन वा राख्नै पर्ने भए २५ करोड रुपैयाँसम्म कायम गराउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमेत लागिपरेका छन् । उनले नेपाल राष्ट्र बैंकसमक्ष शेयर धितोकर्जाको सीमा पुनरावलोकन गर्नका लागि निर्देशन दिइसकेका छन् । यतिबेला राष्ट्र बैंक पनि अर्थमन्त्रीको निर्देशनलाई सकारात्मक रुपमा लिएर अघि बढेको स्रोतको दाबी छ । ठूला लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्नसमेत शेयर धितोकर्जाको सीमा हट्नुपर्ने माग लगानीकर्ताहरूको छ । साथै बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा तरलता भएको अवस्थामा ब्याजदर घटाएर पूँजीबजार लगानी गर्न प्रोत्साहन गर्नुपर्ने मागसमेत लगानीकर्ताहरूले गरेका छन् ।  यो साता बजार बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ७४ अर्ब १३ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । गत साताको तुलनामा यो साता कुल बजार पूँजीकरण ६९ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । जलविद्युत समूहको परिसूचक सर्वाधिक बढ्यो यो साताको कारोबारमा चार समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । व्यापारिक समूहको सर्वाधिक २ दशमलव ३१ प्रतिशत परिसूचक घट्दा होटल तथा पर्यटनको १ दशमलव १३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६७ प्रतिशत र बैंकिङको शून्य दशमलव ६४ प्रतिशत परिसूचक घटेको हो । यो साता जलविद्युत समूहको परिसूचक सर्वाधिक ६ दशमलव ७७ प्रतिशत बढेको छ ।  धितोपत्र दोस्रो बजारमा जलविद्युत समूहअन्तर्गत ८२ ओटा कम्पनीहरू सूचीकृत छन् । कम्पनीको हिसाबमा जलविद्युत् समूह अन्तर्गतका सबैभन्दा बढी कम्पनी दोस्रो बजारमा सूचीकृत रहेका हुन् । यो साता जलविद्युतपछि वित्त समूहको परिसूचक सर्वाधिक बढेको छ । उक्त समूहको परिसूचक ३ दशमलव ८९ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको २ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३३ प्रतिशत, लगानीको १ दशमलव ४४ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत, लघुवित्तको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ९१ प्रतिशत र निर्जीवन बीमाको शून्य दशमलव ४६ प्रतिशत परिसूचक बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

८ करोड २३ लाख बिगोसहित हुण्डी कारोबारीविरुद्ध राजस्वको मुद्दा

काठमाडौं : हुन्डी कारोबार गर्ने एकजनाविरुद्ध ८ करोड २३ लाख बिगो दाबी गर्दै राजस्व अनुसन्धान विभागले मुद्दा हालेको छ।विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा पर्वतको कुश्मा-१ घर भइ काठमाडौं सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरेको हो।उनले इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरी कानूनी व्यवस्था उल्लंघन गरेको भन्दै विभागले ८ करोड २३ लाख २६ हजार ८०६ रूपैयाँ बिगो कायम गरी सजाय माग दाबी गरेको छ। पौडेललाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रक

विराट एक्स्पो सकियो, ४० करोडको कारोबार

कोरोना महामारीपछि विराटनगरमा आयोजना गरिएको ‘विराट ट्रेड एक्स्पो’सफल भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा ४० करोड बराबरको कारोबार भएको र २ लाख ५० हजारले अवलोकन गरेको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । चैत १८ देखि २७ गतेसम्म संचालन भएको एक्स्पोको आज समापन गरिएको छ । एक्स्पोमा सबैभन्दा बढी  इलोक्टे«निक र अटोमावाइलको सामानहरू बिक्री भएको मेलाका संयोजक विकास बेगवानीले बताए । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल

डलरको अवैध कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा

१ चैत, काठमाडौं । विभिन्न प्रकारका एप्समार्फत डलरको अवैध कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मोरङको रतुवामाई नगरपालिका-७ का पुस्कर कार्की र बिनिता लिम्बुविरुद्ध ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरुले एपमार्फत डलरको […]

बोटलर्स नेपालविरुद्ध कर छलि मुद्दा, ७ अर्ब ४३ करोड बिगो दाबी

काठमाडौं । झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो । कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल […] The post बोटलर्स नेपालविरुद्ध कर छलि मुद्दा, ७ अर्ब ४३ करोड बिगो दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक.

१६ करोड हिनामिना प्रकरण : सप्तकोशी बैंकका सिइओलाई पक्राउ गर्न माग

विराटनगर : सप्तकोशी डेभपलमेन्ट बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन्।हिमालका बुबा अमृतप्रसाद र भाइ मनोज भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको दाबी गरेका छन्। बैंकमा करिब १६ करोड रूपैयाँ हिनामिना भएको र उक्त रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब १४

१८औं हस्तकला मेला सम्पन्न, आठ करोड रुपैयाँ बराबर कारोबार

नेपाल हस्तकला महासंघले आयोजना गरेको तीनदिने १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मेलामा आठ करोड रुपैयाँ बराबर कारोबार भएको महासंघले जानकारी दिएको छ ।  काठमाडौंको हायात होटलमा आयोजित मेला एक लाख जनाभन्दा धेरैले अवलोकन गरेको महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले बताए । पहिलो दिन शुक्रबार २३ हजार र दोस्रो दिन ५५ हजारले मेला अवलोकन गरेकोमा तेस्रो दिन शनिबार अवलोकनकर्ता व्यवस्थापन गर्न हम्मेहम्मे परेको शाक्यले दाबी गरे ।महासंघका अध्यक्ष सुरेन्द्र भा