नेपाललाई ऊर्जा संकटमा दोहोरो राहत : भारतीय बिजुलीको मूल्य १३ रुपैयाँ घट्यो, नेपाली उत्पादन बढ्यो

काठमाडौं । नेपालले भोगिरहेको ऊर्जा संकटमा एकैपटक दोहोरो राहत मिलेको छ ।  भारतबाट महँगोमा किन्नुपर्ने बिजुलीको मूल्य घटेको छ भने नेपालमा पनि आन्तरिक उत्पादन बढेको छ । भारतले बिजुलीको अधिकतम मूल्य २० भारूबाट घटाएर १२ भारू कायम गरेको छ । अर्कोतर्फ नेपालमा पनि हिउँ पग्लेर विद्युत उत्पादन बढ्न शुरू भइसकेको छ । आगामी जेठ/असारमा वर्षा शुरू भइ नेपालको उत्पादन खेर फाल्नुपर्ने अवस्था नै शुरू हुन्छ । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले हालै एक सूचना जारी गरी विद्युत् खरीदविक्री दरको अधिकतम सीमा प्रतियुनिट भारू २० बाट घटाएर भारू १२ कायम गरेको हो ।  यससँगै नेपालले भारतीय विद्युत् एक्सचेञ्ज बजारबाट किन्ने बिजुली सस्तो हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय भारतीय बजारबाट प्रतियुनिट भारू २० (नेपाली रू. ३२) मा बिजुली आयात गरिरहेको जानकारी दिएको छ ।  भारतमा देखिएको ऊर्जा संकटका कारण विद्युत् खरीदविक्री दर उच्च विन्दुमा पुग्दा प्राधिकरण पनि सोही मूल्यमा किन्न बाध्य थियो । ३२ रुपैयाँमा किनेको बिजुली स्वदेशी ग्राहकलाई प्रतियुनिट औसत १० रुपैयाँमा बेच्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने प्राधिकरणको भनाइ छ ।  अब त्योभन्दा सस्तो, प्रतियुनिट भारू १२ (नेपाली १९ रुपैयाँ २० पैसा) मा भारतीय बिजुली पाउने सम्भावना बढेको छ । उक्त दर पहिलाको भन्दा भारू ८ (नेपाली १२ रुपैयाँ ८० पैसा) सस्तो हो । यसबाट प्राधिकरणको नोक्सानीसमेत कम हुनेछ ।  प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई भारतले विद्युत् खरीदविक्री दरको अतिकतम सीमा घटाउँदा नेपाललाई समेत फाइदा हुने बताउँछन् । ‘भारतले विद्युत् खरीदविक्री दरको अधिकतम सीमा घटाउनु आफैमा सकारात्मक कुरा हो । यसले हामीलाई पनि राहत हुन्छ । तर, ऊर्जा संकटका बेला त्यो दरमा भारतीय उत्पादकले बिजुली दिन्छन् कि दिँदैनन्, त्यो महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘त्यो दरमा बिजुली पाइन्छ भने राम्रै मान्नुपर्छ ।’ नेपालमा अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । हिउँदमा खोला/नदीमा पानीको मात्रा घट्दा जलविद्युत् आयोजनाको उत्पादन स्वत: घट्छ । यस्तो बेला प्राधिकरणले भारतबाट बिजुली आयात गरेर स्वदेशी बजारमा आपूर्ति गर्दै आएको छ ।  भारतमा कोइलाबाट पनि विद्युत् उत्पादन गरिने हुँदा हरेक समय पर्याप्त पाउन सकिन्छ । तर, पछिल्लो समय कोइला अभावले भारतमा पनि पर्याप्त बिजुली उत्पादन भएको छैन । उत्पादन कम भएपछि भारतीय बजारमा अधिकतम दरमा बिजुली किनबेच भइरहेको हो । त्यसको नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै भारत सरकारले अधिकतम दरको सीमा घटाएको बताइएको छ । विशेषगरी, देशको औद्योगिक क्षेत्रमा परेको नकारात्मक असर कम गर्न भारतले विद्युत् खरीदविक्री दरको अधिकतम सीमा घटाएको हो ।  ऊर्जाको मूल्य आकाशिएपछि भारतीय उद्योग, कलकारखाना पनि प्रभावित भएका छन् । उनीहरु पनि महँगो दरमै विद्युत् खरिद गर्न बाध्य छन् ।  नेपालले वर्षामा भारत निकासी गर्ने बिजुलीमा भने यो सीमाले नकारात्मक असर गर्छ । नेपालले भारतबाट भारू २० मा बिजुली किनेको मात्र होइन, बेचेको पनि छ । अब भने अधिकतम भारू १२ मै चित्त बुझाउनुपर्ने हुन्छ । प्राधिकरणले भारतमा बिजुली निकासी गर्दा हुने आम्दानी पनि प्रभावित हुन्छ । तर, यस विषयले खास महत्त्व नराख्ने प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन् । ‘भारतीय खुला बजारमा बजारले नै विद्युत्को दर कायम गर्ने हो । त्यो अवस्थामा यसले खास अर्थ राख्दैन जस्तो लाग्छ,’ उनले भने । आन्तरिक उत्पादन १४ लाख युनिट थपियो नेपालमा अहिले विद्युत माग १६०० मेगावाट हाराहारी रहेको छ । विद्युत खपत भने बढेर ३ करोड १६ लाख ५१ हजार युनिट नाघेको छ । विद्युत प्राधिकरणका आयोजनाबाट ९७ लाख ९८ हजार युनिट विद्युत उत्पादन हुँदा सहायक कम्पनीबाट ४९ लाख ५८ हजार युनिट विद्युत उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट पनि ७४ लाख ६२ हजार युनिट विद्युत उत्पादन भइरहेको छ । अहिले भारतबाट आयात हुने विद्युतको हिस्सा ७५ लाख ९३ हजार युनिट छ । १८ लाख ४० हजार युनिट विद्युतको माग भएपनि आपूर्ति दिन सकिएको छैन । आज भन्दा १० दिन अघि नेपालको कुल विद्युत् माग १ हजार ५४० मेगावाट रहेको थियो । कुल खपत ३ करोड ५ लाख ४७ हजार यूनिट विद्युत् ऊर्जा खपत हुँदा प्राधिकरणका आयोजनाबाट ९९ लाख युनिट र भारतबाट ९५ लाख ७१ हजार यूनिट विद्युत् आपूर्ति भएको थियो । प्राधिकरणका सहायक कम्पनीबाट ३८ लाख ७२ हजार यूनिट ऊर्जा आपूर्ति हुँदा निजी क्षेत्रबाट ७१ लाख ६३ हजार यूनिट आपूर्ति भएको थियो ।  १० दिन अघिको तुलनामा सहायक कम्पनीको उत्पादन १० लाख ८६ हजार युनिट बढेको छ । निजी क्षेत्रको उत्पादन ३ लाख युनिट बढेको छ । यो अवधिमा विद्युत खपत ११ लाख युनिट बढेको छ भने भारतबाट आयात हुने हिस्सामा २० लाख युनिट घटेको छ ।

सम्बन्धित सामग्री

भारत सरकारले हस्तक्षेप गरेर घटायो बिजुलीको मूल्य, नेपाललाई पनि फाइदा

बिजुलीको मूल्य निरन्तर उकालो लाग्दै दिनदिनै नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ । भारतीय सरकारले रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।रुस र युक्रेनबीच युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।आयोगले कायम गरेको बिजुलीको मूल्य भारतमा आउँदो सोमबारदेखि ल

भारतले घटायो तोकिएको बिजुलीको मूल्य

काठमाडौँ । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ । यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत् नियमन आयोगले यसअघि प्रतिनियुट भारु २० मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको […]

भारतमै बिजुलीको मूल्य अकासियो, नेपालमा के होला ?

–रमेश लम्साल विश्वव्यापी रुपमा कोइलाको आयात निर्यातमा आएको सङ्कट तथा व्यापक मूल्य वृद्धिको असर नेपालको ऊर्जा प्रणालीमा देखिएको छ । सुक्खामौसममा नेपालको नदी नालामा पानीको मात्रा कम हुने भएकाले बिजुलीको उत्पादन असाध्यै न्यून बिन्दुमा पुग्छ । सोही आधारमा नेपाल विद्युत् प्राधिकरणले कूल ४०० मेगावाट बराबरको बिजुली भारतबाट खरिद गर्दैआएको छ । द्विपक्षीय सम्झौताका आधारमा नेपालमा […]

भारतमै औसत प्रतियुनिट २५.२८ रुपैयाँ पुग्यो बिजुलीको मूल्य

९ चैत, काठमाडौं । भारतीय प्रतिस्पर्धी बजारमा बिहीबारको विद्युतको मूल्य थप आकासिएको छ । बोलकबोलमा विद्युत् खरिद-बिक्री हुने भारतीय प्रतिस्पर्धी बजारमा औसत मूल्य प्रतियुनिट १५.२७ पैसा भारु पुगेको छ । जुन बिजुली नेपाल ल्याउने हो भने थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जोडिन्छ । भारतबाट खरिद हुने विद्युतको औसत मूल्य नै २५.२८ रुपैयाँ प्रतियुनिट […]

भारतमा बिजुलीको मूल्य बढ्दा नेपालमा आयातमा समस्या

रुस–युक्रेनबीच जारी युद्धको असरका कारणले मूल्य बढ्दा भारतबाट बिजुली आयातमा समस्या परेको छ । भारतबाट दैनिक ३५० देखि ४०० मेगावाट बिजुली किन्दै आएको नेपाललाई मूल्य अत्याधिक बढ्दा आयातमा समस्या परेको हो ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतमा बिजुलीको मूल्य बढ्दा आपूर्तिमा समस्या भएको जानकारी दिए । उनले हिजो रातीदेखि अचानक बिजुलीको मूल्य बढ्दा नेपालतर्फ आपूर्तिको समस्या भइरहेको रातोपाटीसँग बताएका हुन् ।‘भारतको छिमेकी राज्य विहारमा सञ्चालित पावर प्लान्टमा समस्या

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रम

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं, कार्तिक २८ । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ः३० बजेदेखि ६ः४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले […]

शिलापत्र सर्भे : तपाईंले तिर्ने बिजुलीको मूल्य कति ?

शिलापत्रले तपाईंले तिर्ने बिजुलीको मूल्य कति हो भनेर सर्वेक्षण गरेको छ । विशेषगरी घर भाडामा बस्नेहरूका लागि उपयोगी हुने गरी हामीले प्रश्न तयार पारेका छौँ । तपाईं फारम भरेर सर्वेक्षणमा सहभागिता जनाउन सक्नु हुन्छ ।

नेपालले किन्ने बिजुलीको मूल्य २० प्रतिशत बढाउने भारतको प्रस्ताव

२३ असार, काठमाडौं । भारतले नेपालमा आयात भइरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ । नेपाल-भारत विद्युत आदान प्रदान समितिको बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको हो । तर, नेपाली टोलीले भारतीय प्रस्तावलाई अस्वीकार गरेको छ । नेपालले भारतबाट झण्डै ३ सय मेगावाट बिजुली आयात भइरहेको छ, …