भवन अभावले दुई चरणमा अध्यापन

महेन्द्रनगर, १० फागुन: ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा दिइरहेको कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालय अब्बल सावित हुँदै गएको छ । विसं २०३३ मा स्थापना भएको कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा रहेको सो विद्यालयमा एक हजार ४८३ विद्यार्थी अध्ययनरत छन् । तर कक्षा कोठाको अभावले विद्यालयले दुई चरणमा अध्यापन प्रबन्ध मिलाउँदै आएको छ । “ विद्यार्थीको चाप धेरै हुँदा […]

सम्बन्धित सामग्री

खर्च अभावले खुम्चियो फिल्म महोत्सव, नेपाली सिनेमाका लागि आशको त्यान्द्रो

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) सातौं संस्करणको अन्तिम चरणमा छ । काठमाडौं जारी सातौं संस्करणमा ४० देशका ८८ फिल्म महोत्सवमा सहभागी छन् । नेपालको गैर सरकारी संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष यो महोत्सव सञ्चालन गर्दै आएको छ । महोत्सव आर्थिक अभावका कारण आकार खुम्चिएर गर्नुपर्ने बाध्यता रहेको आयोजकको गुनासो छ । बजेटकै […]

बजेट अभावले महाकाली पुलको काम तीन महिनादेखि ठप्प

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम झन्डै तीन महिनादेखि ठप्प छ । बजेट अभावका कारण दसैं अगाडिदेखि बन्द भएको काम अझै सुरु हुन सकेको छैन । निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा बजेट अभावले काम ठप्प भएको छ ।

बजेट अभावले खानेपानी आयोजना अलपत्र

पर्वत– जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जन बढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन् । खानेपानीको चरम समस्या बेहोरिरहेका बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा निर्माणाधीन खानेपानी […]

इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

काठमाडौँ । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय […]

संकटको चरम सीमामा श्रीलङ्का : इन्धन अभावले विद्यालय बन्द

काठमाडौं : श्रीलङ्कामा आर्थिक संकटका कारण दिनप्रतिदिन समस्या चुलिँदै गएका छन्।यसैबीच सरकारले इन्धन अभावको कारण देखाउँदै सबै विद्यालय बन्दको घोषणा गरेको छ। विद्यालयहरु पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो।शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ याे निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।गत हप्ता नगद अभ

इन्धन अभावले श्रीलंकामा विद्यालय बन्दको घोषणा

२१ असार, काठमाडौं । इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम […]

भवन अभाव हुँदा दुई चरणमा अध्यापन

महेन्द्रनगर । कञ्चनपुरस्थित वैजनाथ माध्यमिक विद्यालयले भवनको अभावमा दुई चरणमा अध्यापन गरिरहेको छ । वेदकोट नगरपालिका–२ जडेपानीमा रहेको उक्त विद्यालय ग्रामीण शिक्षामा अब्बल सावित हुँदै आए पनि पछिल्लो समय भवन अभावले दुई चरणमा अध्यापन गराउनुपर्ने अवस्था आएको हो । विद्यालयले पहिलो चरणमा कक्षा ९ देखि १२ सम्मको कक्षा बिहान ७ बजे शुरू गरिरहेको छ । दोस्रो चरणमा बिहान ११ देखि साढे ४ बजेसम्म कक्षा १ देखि ८ को अध्यापन गर्दै आएको छ । २०३३ सालमा स्थापित उक्त विद्यालयमा हाल १ हजार ४८३ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको उक्त संख्या बढेकाले कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक धीरेन्द्रचन्द्र भट्टले बताए । उनका अनुसार विद्यालयमा शिक्षकको समेत अभाव छ । मावि शिक्षकको दरबन्दी न्यून हुँदा निजी स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनुपरेको उनको भनाइ छ । निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब उपलब्ध गराउन वेदकोट नगरपालिकाले अनुदान रकम उपलब्ध गराइरहेको उनको भनाइ छ । ‘एउटै कक्षालाई ३ भागमा विभाजन गरेर अध्यापन गराउनुपर्ने अवस्था पनि छ,’ उनले भने, ‘विद्यालयको शैक्षिकस्तर राम्रो हुनुमा यहाँका शिक्षक/शिक्षिकाको राम्रो भूमिका छ ।’ सो विद्यालयमा नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत १२ कोठे भवन निर्माणका लागि गतवर्ष डेढ करोड बजेट विनियोजन गरिएको थियो । भवन निर्माण शुरू भए पनि कोभिड लगायत कारणले काम रोकिएको छ । मावि तहमा १२ शिक्षकको दरबन्दी आवश्यक रहे  पनि स्थायी दरबन्दी तीन मात्र छ । माविमा निजी स्रोतबाट पाँच शिक्षकले अध्यापनरत छन् । रासस

रिडीमा तीनमुखे झोलुंगे पुल निर्माण अन्तिम चरणमा

गुल्मी । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुंगे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने उक्त पुलको निर्माण अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुंगे पुल निर्माण भइरहेको छ । एशियाको पहिलो दाबी गरिएको तीनमुखे झोलुंगे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । निर्माण शुरू भएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरास थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गति लिएकोे हो । अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार, भर्‍याङ, रेलिङ र झन्डा राख्ने संरचना निर्माण भइरहेको छ । आगामी वैशाखभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारी भइरहेको लभलीना कन्स्ट्रक्शनका सुशान्त यादवले बताए । कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । नयाँ बाटो रुबिना मना जेभीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गत झोलुंगे पुल शाखासँग रू. ९ करोड ८८ लाख २६ हजारमा निर्माणको सम्झौता गरेको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ । स्थानीय विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । रासस

एशियाकै पहिलो तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

चैत २९, काठमाडौं । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्नका लागि आन्तरिक पर्यटकको पछिल्लो समयमा चहलपहल बढेको हो ।  निर्माण थालनी गरिएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरुत्साहित बनेका थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गतिमा लिएकोे हो । अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको छ । आगामीे वैशाख महीनाभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारीमा रहेको लभलीना कन्स्ट्रक्शनका निर्माण व्यवसायी सुशान्त यादवले बताए । कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न झमेला भएको उनले बताए ।  रू. नौ करोड ८८ लाख २६ हजार ३३२ मा नयाँ बाटो रुबिना मना जेभीले  ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गतको  झोलुङ्गे पुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ ।  स्थानीय बासिन्दा विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरी सो पुलमा पुगी रमाइलो गरी गन्तव्य फर्किन थालेको उनले बताए । विसं २०७१ मंसिर १५ गते निर्माण थालिएको थियो । रासस