पाल्पा : नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको भेल जस्तै भएको बताएकी छन्।नेकपा एमाले गुल्मी आठौँ बैठकलाई शनिबार सम्बोधन गर्दै उनले भनिन्‚ ´यो खहरेको भेल केही समयमा सुकेर जान्छ।`मुलुकमा ठूलो परिवर्तनसँगै नयाँ नेतृत्व आउने हो तर रास्वपा त्यस्तो अवस्थाबाट आएको होइन। कुनै युद्धबाट जन्मिएको पार्टी पनि होइन। कुनै विचार छैन। सिद्धान्त छैन। कहाँ पुग्ने हो‚ गन्तव्यको टुंगो छैन। बर्खामा आएजस्तो खहरेखोला जस्तै हो। सररर आउँछ अनि सुकेर