एमाले सचिव अर्याल भन्छिन्- एमसीसी संसदमा दर्ता भएपछि मात्रै 'पोजिसन क्लियर' गर्छौं

नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने बताएकी छन् ।  सोमवार नेकपा (एमाले)को केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भए पनि संसदमा दर्ता हुने/नहुने यकिन भने नभएको बताएकी हुन् ।  ‘त्यो (एमसीसी) विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ,’ उनले भनिन्, ‘जतिबेला दर्ता हुन्छ, त्यो बेला नेकपा(एमाले)ले आफ्नो पोजिसन क्लियर गर्ने...