नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई जनताले केबल हास्य कलाकारका रूपमा मात्र सुन्न चाहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस चितवनद्वारा भरतपुरमा आयोजित सभालाई सोमवार सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको सभामा मान्छेहरू भाषण सुनेर हाँस्नका लागि मात्र आएको बताए ।
'प्रधानमन्त्री सभा गर्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीको समर्थनमा पक्कै पनि जनता छन् । कोही बोकेर आएका छन्, कोही बोकाइएर आएका छन् । प्रधानमन्त्रीज्यू उत्साहित भएर बाकस–बाकस भन्न थाल्नुभएको छ,...