‘मैले यहाँ आएपछि हाम्रो प्रमुख सचेतकलाई तीनपटक सोधेँ- निवर्तमान प्रधानमन्त्री आउनुहुन्छ? बोल्नुहुन्छ? उहाँले आउनुहुन्छ भन्नुभयो,’ प्रचण्डले भने, ‘तर बिरामी भएर हो कि के हो मलाई थाहा छैन उहाँ (केपी ओली) बोल्नुभएन। पुनर्स्थापित पहिलो बैठकमा यो सदन र देशले केपीजीकै मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो। निवर्तमान प्रधानमन्त्री ओलीजीले के भन्नुहोला भन्ने देशले सुन्न चाहेको थियो।’