काठमाडौं । देशका केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार यस दिन चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको...