विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चारवटा पालिकामा सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन्।डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैँचा, पथरीशनिश्चरे र काने पोखरीका सर्वसाधारणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गाउँमा पठाउने व्यवस्था मिलाइदिएका हुन्। शनिवार बाहेक हरेक दिन नोबेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत्रमा पुग्ने गर्छ। विरामीहरुलाई टोल–टोलमा भेला गरी डाक्टरहरुले उपचार गर्ने गरेका छन्।उपच