फागुन २८, काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको बेला यात्राको लागि साईकल एउटा गतिलो बिकल्प समेत बन्न सक्छ ।
साईकल वातावरण मैत्री सवारी साधन पनि हो । साइकल चढ्नु स्वास्थ्यकालागि अत्यन्तै फाइदाजनक छ । हाम्रा साना सहर र साघुँरा बाटोसँगै देशका मुख्य–मुख्य शहरहरूमा ट्राफिक जामका समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
अहिले युवा–पिंढी बिस्तारै साइकल सवारीप्रति आकर्षित भइरहेको छ । वातावरणलाई सधैँ स्वच्छ, सफा राख्नको लागि साइकल चढ्ने संस्कारको विकास गर्नु आवश्यक छ ।
यसैलाई ध्यानमा राख्दै काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा शनिवार एक दिने ‘नेपाल साइकल प्रदर्शनी’ को आयोजना गरिएको थियो । सोहि अवसरमा अभियान दैनिकका फोटो पत्रकार सुनिल शर्माले लिएका तस्वीरहरु ।
साईकल पारखीहरुलाई एकै छाना मुनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका साईकलहरुको जानकारीका साथै साईक्लिङको लागि पोशाक, खाना तथा खरीदको लागि बैंक सुविधा, बीमाको जानकारीको समेत व्यवस्था समेत गरिएको थियो । काठमाडौंमा यस्तो साईकल प्रदर्शनीको दोस्रो संस्करण गरिएको संयोजक अजय नरसिंहले राणा बताए ।
नेपाल राष्ट्रिय साईक्लिङका पूर्व प्रशिक्षकसमेत रहेका राणाले साईकल पारखीहरुलाई शहरका विभिन्न पसलहरुमा जानुभन्दा एक दिन एकै छाना मुनि साईकल सम्बन्धि सम्पूर्ण जानकारी उपलब्ध होस भन्ने उद्धेष्यलेले प्रदर्शनीआयोजनागरिएको बताए ।
प्रदर्शनीमा नेपाली भौगलिक सहाउँदो ४० हजारदेखि करीब ३ लाख मूल्यका सम्मका विभिन्न ब्राण्डका माउण्टेन बाइकहरु प्रदर्शनीमा राखिएको थियो । नेपाललगायत ब्रिटिस, चाइनिज, फ्रेन्चका विभिन्न ब्राण्डका साईकलहरु खरीद गर्न एनएमबि बैंकले खरीद सुविधा तथा हिमालयन जनरल ईन्स्योरेन्सले साइकलयात्रीको बीमाको सुविधा पनि व्यवस्था गरिएको थियो । कोरोना संक्रमणकालमा साइकलयात्री निकै बढेका थिए ।