काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् । आइतबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानूनी व्यवस्था नै गर्नुपर्ने बताए । उनले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने बताए […]